काठमाडौं- काठमाडौं महानगरपालिका-१५ भगवानपाउ रेम्पुच्छे गुरुको मूर्ती नजिक हाल नाम, थर, वतन नखुलेको करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
रामेछाप उमाकुण्ड गाउँपालिका-२ रत्नज्योती बजारस्थित सडक छेउमा सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका-७ बस्ने ४७ वर्षीय धनकुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट राजपुर नगरपालिका-४ स्थित पोखरीमा सोही ठाउँ बस्ने ६५ वर्षीय बिलासी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा औरही गाउँपालिका-१ बस्ने ३० वर्षीय सूर्य नारायण ठाकुर घरबाट ५ सय मिटर टाढा रहेको माछा पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।