कैलाली- जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।
जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो ।