काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी गीतको अडिओ तथा भिडिओ बनाएर पठाउन आग्रह गरेको छ । कांग्रेसले उक्त गीतहरूमध्ये छनोट भएका उत्कृष्ट गीतलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको छ ।
Advertisement
कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिद्वारा आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी कांग्रेसको पक्षमा चुनावी गीत निर्माण गर्न आग्रह गरिएको हो ।
सार्वजनिक भएको गीत कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेञ्जरमा लिंक गरी पठाउन सकिने कांग्रेसले जनाएको छ ।