दाङ- लमही नगरपालिका(२ रनियापुरस्थित राप्ती नदीमा डुबेर ३ जना बालिकाको
बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर सोही ठाउँ बस्ने सन्तराम चौधरीकी छोरी १२
वर्षीया झरना चौधरी, सिताराम चौधरीकी छोरी १२ वर्षीया निशा चौधरी र सोही
नगरपालिका(५ लमही गल्ली बस्ने गढवा गाउँपालिका(४ घर भएका श्रीकान्त चौधरीकी
छोरी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको हो ।
Advertisement
डुबेर अशक्त भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।