• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

दुर्घटनाबाट बागमती प्रदेशमा मात्रै ३६० जनाको मृत्यु


शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

Advertisement

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्यांकले जनाएको छ ।

गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मंसिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् ।

पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।

फागुनमा भएका १७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३३५ घाइते भएका छन् ।

बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उनले बताए ।

  • दुर्घटना
शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.