भारतको जम्मू-कश्मीरमा प्रहरी कारवाहीमा चार अतिवादी मारिएका छन्।
Advertisement
सोपिया जिल्लामा गरिएको कारवाहीमा उनीहरू मारिएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अपरेसनका क्रममा उनीहरूसँग दोहोरो गोली हानाहान भएको थियो।
अतिवादी समूहसँग प्रहरीको मुठभेड भइरहेको जानकारी पाएर मद्दतका लागि जाँदै गरेको भारतीय सेनाको एक ट्रक दुर्घटनामा परेको छ। सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा दुई सैनिक जवानको मृत्यु भएको छ।