• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

इलेक्सन वाच : वीरेन्द्रनगरमा को बन्ला मेयर ?


बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित

सुर्खेत- पालिका चुनाव नजिकिँदै गर्दा दलहरू उम्मेदवार छनोटमा जुटेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धन र एमालेलगायत दल उम्मेदवार छनोटमा सक्रिय छन्।

Advertisement

निर्वाचनको माहोल तात्तिँदै गर्दा कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगरमा पनि सम्भावित उम्मेदवारबारे चर्चा, परिचर्चा शुरु भइसकेको छ। प्रदेशको राजधानी र सुविधासम्पन्‍न नगर भएका कारण वीरेन्द्रनगरको मेयर बन्‍न चाहनेहरूको ताँती ठूलो छ। नगरको नेतृत्व हात पार्न प्रमुख राजनीतिक शक्ति कांग्रेस, एमाले र माओवादी केन्द्र आ-आफ्नै दाउमा छन्। नगरमा कांग्रेस र एमालेभन्दा कमजोर रहेको माओवादी निर्णायक बन्‍ने सम्भावना उत्तिकै छ। नगरमा नेकपा (एकीकृत समाजवादी) र राप्रपाको शक्ति पनि त्यति ठूलो छैन।

कांग्रेसबाट मेयर सुवेदी बढी चर्चामा

आगामी मेयरका लागि कांग्रेसबाट बहालवाला मेयर तथा पार्टी सचिव देवकुमार सुवेदी पुनः दोहोरिने दाउमा छन्। कांग्रेसबाटै पुराना नेता नारायणप्रसाद सापकोटा, कांग्रेसका कर्णाली प्रदेश महामन्त्री निरञ्जन केसी, जिल्ला उपसभापति विष्णुबहादुर खड्का, पूर्वक्षेत्रीय सभापति नारायणकुमार कोइराला र नगर सभापति उपेन्द्रबहादुर खड्का मेयरको आकांक्षी देखिएका छन्। तीमध्ये कोइराला संस्थापनइतर (शेखर कोइराला) र बाँकी संस्थापन (शेरबहादुर देउवा) समूहका हुन्। उपसभापति खड्का कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका सहोदर भाइ हुन्।

आकांक्षीमध्ये बहालवाला नगरप्रमुख सुवेदी नै पुनः दोहोरिन सक्ने कांग्रेस नेताहरू बताउँछन्। ‘अहिले चर्चामा आएकामध्ये सुवेदी नै बलियामा उम्मेदवार हुन्,’ कांग्रेसका एक नेताले नेपाली हेडलाइनसँग भने, ‘सुवेदीलाई न्याय दिन नेतृत्वले पुनः प्रमुखमा दोहोर्‍याउनुपर्छ।’ शुरुदेखि नै संस्थापनइतर समूहमा रहेका सुवेदी कांग्रेसको १४ महाधिवेशनमा खेमा परिवर्तन गरेर संस्थापन समूहमा गएका थिए। उनकै कारण वर्षौंपछि जिल्लाको नेतृत्व संस्थापन समूहले हात पारेको बताउँदै सुवेदी समर्थित नेताहरूले मेयर उनैलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन्। ‘अहिलेको अवस्थामा सुवेदीलाई नगरमा दोहोर्‍याउनुपर्छ, नभए प्रदेशमा टिकट दिने ग्यारेन्टी हुनुपर्छ,’ सुवेदी समर्थित एक नेताले भने, ‘नेतृत्वले महाधिवेशनमा लगाएको गुन भुल्नु हुँदैन।’

यस्तै, सापकोटलाई मेयरको टिकट दिनुपर्ने दबाब पनि नेतृत्वलाई उत्तिकै छ। विगतदेखि नै संस्थापन समूहमा रहेका सापकोटा कांग्रेसको १२ औं र १३ औं अधिवेशनमा सचिव पदमा उम्मेदवार बनेका थिए। पार्टीको आन्तरिक चुनावमा हार्ने निश्‍चित हुँदा उनी समूहका लागि दुईपटक सचिव पदमा उम्मेदवार बनेका थिए। १४ औं महाधिवशेनमा सभापतिका आकांक्षी उनी अन्तिम अवस्थामा पछि हटेका थिए। यस्तै, संस्थापनइतरबाट कोइरालालाई मेयरको टिकट दिलाउन उनको समूह लागिपरेको छ। संस्थापन समूह कोइरालाका लागि अन्य स्थानीय तह छोड्न तयार छ।

एमालेबाट उपमेयर ढकाल बलियो दाबेदार

यस्तै, एमालेबाट बहालवाला उपप्रमुख मोहनमाया ढकाल मेयरकी बलियो दाबेदार हुन्। एमालेबाट जिल्ला अध्यक्ष अमृतबहादुर बीसी, उपाध्यक्ष कुलमणि देवकोटा र नगर अध्यक्ष नीलकण्ठ खनाल टिकट हात पार्न लागिपरेका छन्। उनीहरूमध्ये पनि उपप्रमुख ढकाल र नगर अध्यक्ष खनालमध्ये एकलाई मेयरको उम्मेदवार बनाइने एमाले नेताहरू बताउँछन्। ‘पार्टीले न्याय गर्ने हो भने ढकाललाई नै मेयरको टिकट दिनुपर्छ,’ एमालेका एक नेता भन्छन्, ‘नेतृत्वले आफ्नो मान्छे खोज्यो भने खनालले टिकट पाउन सक्छन्।’ खनाल एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेलका विश्‍वास पात्र मानिन्छन्। ढकाल अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर उपप्रमुखमा विजयी भएकी थिइन्। सोही कारण ढकालले गठबन्धनका उम्मेदवारलाई जित्‍न सक्ने बताउँदै कतिपय नेताले उनलाई नै टिकट दिनुपर्ने बताउँदै आएका छन्।

एमालेका केही नेताहरू जिल्ला अध्यक्ष बीसीले मेयरको टिकट पाउनुपर्ने बताउँछन्। लामो समयदेखि तत्कालीन एमाले नेता माधवकुमार नेपाल समूहमा रहेका बीसी पार्टी फुटेपछि अध्यक्ष केपी ओली खेमामा आएका नेता हुन्। अप्ठेरो परिस्थितिमा पनि पार्टीलाई जोगाएकाले बीसीलाई मेयरको टिकट दिनुपर्ने कतिपय नेताहरूको तर्क छ।

यस्तै, माओवादी केन्द्रबाट नगरअध्यक्ष रत्‍नबहादुर गाहा मगर पनि मेयर बन्‍ने दाउमा छन्। उनी अघिल्लो निर्वाचनमा समेत मेयरका उम्मेदवार थिए। माओवादीले सुर्खेतका अन्य स्थानीय तह गठबन्धनलाई दिएर वीरेन्द्रनगर आफूले पाउनुपर्ने बताउँदै आएको छ।

यस्तै, एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाललगायत दलहरूबाट भने मेयरका आकांक्षीहरूको चर्चा सार्वजनिक भएको छैन। नगरमा कमजोर भएका कारण प्रमुख बाहेकका पद लिने दाउमा छन्, ती दलहरू। विवेकशील साझाका नेता अनील ढकालले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन्। आगामी निर्वाचनका लागि सुर्खेतमा २५ दलहरूले भाग लिँदै छन्। वीरेन्द्रनगरको हकमा मुख्य तीन दलबाहेक अन्यको प्रभाव न्यून छ।

निर्णायक बन्‍नसक्छ माओवादी

अघिल्लो निर्वाचनमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा भएको वीरेन्द्रनगरमा यसपालि माओवादी निर्णायक शक्ति बन्‍ने देखिन्छ। माओवादीका उम्मेदवारहरू तेस्रो शक्ति भएको वीरेन्द्रनगरमा एमाले र कांग्रेसमा उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

बहुमत वडा र उपप्रमुखमा एमालेले जित्दा प्रमुखमा कांग्रेसका देवकुमार सुवेदीले एमालेका बालाराम शर्मालाई पाँच सय ६ मतले पछाडि पारेका थिए। सुवेदीले १४ हजार ४०५ मत पाउँदा शर्माले १३ हजार ८९९ मत पाएका थिए। माओवादीका उम्मेदवार रत्‍नबहादुर गाहा मगरले पाँच हजार २३७ मत ल्याएका थिए। उपप्रमुख पदमा भने एमालेकी मोहनमाया ढकाल १६ हजार ६८ मत ल्याएर विजयी भएकी थिइन्। अघिल्लो निर्वाचनमा ५० हजार ६४० मतदाता रहेको वीरेन्द्रनगरमा अहिले मतदाता संख्या ६७ हजार ५६ पुगेको छ। अहिले थपिएका १६ हजार ४१६ जना मतदाता आगामी निर्वाचनमा निर्णायक बन्‍न सक्छन्। १६ वडा रहेको वीरेन्द्रनगरमा एमालेले नौ, कांग्रेस ६ र माओवादीले एउटा वडा जितेका थिए। ०७४ सालको निर्वाचनमा वीरेन्द्रनगरको मेयरका लागि १३ जना उम्मेदवार थिए।

बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.