काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरू नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन् ।
Advertisement
प्रचण्डलाई भेट्न नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार खुमलटार पुगेका हुन् । चुनावको पक्षमा वकालत गर्दै आएका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरू प्रचण्ड निवास पुगेका हुन् ।
‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल, लामो समयदेखि बिरमी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसँग भेट र शुस्वास्थ्यको कामन,’ नेता बास्तोलाले फेसबुकमा लेखेका छन् ।