काठमाडौँ । बारामा स्कर्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।
Advertisement
पूर्व–पश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका २१ मा पर्ने आधारभार जंगलमा स्कार्पियो दुर्घटना भएको हो ।
बा १९ च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगर ११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा पठाइएको छ ।
सिमराबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।