• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

किन हराउँछन् बालबालिका ? कसले बनाउँछ बेपत्ता ?


बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

काठमाडौं- केही समयअघि ‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाश तामाङ (काले) नाम गरेका व्यक्तिको कथा ‘हेर्ने कथा’ युट्युब च्यानलबाट सार्वजनिक भयो। करिब १० वर्षको हुँदा हराएका प्रकाश ३५ वर्षपछि घर फर्केको कथा निकै मार्मिक थियो।

Advertisement

परिवारसँगको पुनर्मिलनले हर्षउल्लास त छायो नै, सँगै यो कथा हेर्ने जो कोहीका आँखा रसाए। त्यसपछि सामाजिक सञ्‍जालमा उनको चौतर्फी चर्चा भयो।

उमेर अन्दाजी १० वर्ष, कालो वर्ण, आकाशे रङको सर्ट र कालो हाफ पाइन्ट अनि खुट्टामा चप्पल लगाएका झापा घर भएका काले नाम गरेका प्रकाश पुस ०४७ को पहिलो साता काठमाडौंंको जोरपाटीबाट हराउँछन्।

बुवाले तीनवटा विवाह गरेका थिए। तीन आमाबाट दाजुभाइ-दिदीबहिनी धेरै थिए। त्यो समयमा खान-लाउनै मुस्किल भएपछि १० वर्षको छँदा प्रकाश आफ्नी कान्छी दिदीसँग गलैंचा बुन्‍न सिक्न भनेर काठमाडौं आए तर उनी हराउन पुग्छन्।

काठमाडौंबाट हराएका उनी गोर्खाको चुम भ्याली पुग्छन्। एक भोटे परिवारले उनलाई आफ्ना चौंरी चराउने गोठालो बनाउँछन्। त्यसपछिका ३५ वर्ष प्रकाशले लेकमा चौंरी चराएरै बिताउँछन्। उनको परिवारका सदस्यहरूले छोराको अत्तोपत्तो नभएको भन्दै फर्किने आश मारिसकेका हुन्छन्।

आफू कति वर्षको भएँ भन्‍नेसमेत हेक्का नभएका प्रकाशको स्मृतिबाट बुवा-आमा, दाजुभाइ, दिदीबहिनीका मुहारसमेत मेटिँदै गए। तर, आफ्नो घर झापा हो भन्‍ने उनले बिर्सेका थिएनन्। प्रकाशलाई हेर्ने कथाको टिमले फेला पार्छ। साहुसँग १० दिनको बिदा लिएर प्रकाश आफ्नो परिवारसँग भेट हुने आशामा लेकबाट बेंसी झर्छन्। उनको परिवार झापाबाट भोजपुर बसाइँ सरेको थाहा पाउँछन्। हेर्ने कथाको टिमसहित प्रकाश पुनः भोजपुर पुग्छन्। आमा, बुवा, दाजु, भाइ, दिदीलगायतसँग उनको पुनर्मिलन हुन्छ। प्रकाशसहित परिवारका सबै सदस्यका आँखा हर्षले रसाउँछन्।

तर, हराएका हरकोही बालबालिकाको किस्मत प्रकाशको जस्तो हुँदैन। केही बालबालिका हराएको केही समयमै फेला पर्छन् त केही कहाँ, कुन हालतमा छन् भन्‍ने खबर कसैलाई हुँदैन।

१९ वर्षमा करिब ५० हजार बालबालिका हराए

नेपालमा विभिन्‍न कारणले बर्सेनि ५ देखि ७ हजारको हाराहारीमा बालबालिका हराउने गरेको तथ्यांकले देखाउँछ। पछिल्ला वर्षहरूमा त बालबालिका हराउने दर झनै बढ्दै गएको राष्‍ट्रिय बाल अधिकार परिषद्को तथ्यांकले पुष्‍टि गर्छ।

आर्थिक वर्ष ०७८-७९ मा देशभर ४ हजार ६४६ बालबालिका हराएका थिए। आव ०७९-८० मा हराउने बालबालिकाको संख्या १ हजार १८० ले बढेर ४ हजार ६४६ पुगेको थियो। गत आव ०८०-८१ मा हराउने बालबालिकाको संख्या अहिलेसम्मकै धेरै ६ हजार ५९० पुगेको थियो।

हराएका बालबालिकासम्बन्धी परिषदकै विगत १९ वर्षको तथ्यांक केलाउँदा नेपालमा हराउने बालबालिकाको संख्या भयावह देखिन्छ। ०६३ सालदेखि ०८२ को साउन मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा ४९ हजार ७७९ जना १८ वर्ष मुनिका बालबालिकाहरू हराएका थिए, जसमा ३१ हजार ४६८ बालिका र  १८ हजार ३१० बालक छन्।

हराएकामध्ये ४४ हजार ८७८ बालबालिका फेला परिसकेका छन् भने विगत १९ वर्षमा ४ हजार ९ सय बालबालिका फेला पर्न सकेका छैनन्। उनीहरूको अवस्था अत्तोपत्तो छैन। यी १९ वर्षमा ६ हजार ७५४ बालबालिकाहरू बेवारिसे अवस्थामा फेला परेको परिषदको आँकडाले देखाउँछ।

किन हराउँछन् बालबालिका ?

बालबालिका विभिन्‍न कारणले हराउने गरेको भए पनि यसमा मुख्य तीन कारण रहेको राष्‍ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द बताउँछन्। उनका अनुसार कुनै पनि बालबालिका विद्यालयबाट वा अन्य कुनै ठाउँबाट घर फर्कने निश्‍चित समय हुन्छ।

त्यो निश्‍चित समयभित्र घर पुगेनन् भने अभिभावकहरू चिन्तामा रहन थाल्छन्। सधैंझैं समयमै आफ्नो सन्तान घर नफर्केपछि नजिकका साथीभाइ, विद्यालयमा सोधखोज गरिन्छ। तर, अत्तापत्तो नलागेपछि हराएको केही घण्टामै चिन्तित भएर अभिभावकले प्रहरीको १०० नम्बर वा बालबालिका खोजतलास केन्द्रको १०४ नम्बरमा खबर गर्छन्। खबर गरेको केही समयमै ती बालबालिकाहरू घर आइपुग्छन्, जसलाई सामान्य किसिमको हराएको मान्‍न सकिने उनको भनाइ छ।

अर्को- गम्भीर किसिमले बालबालिका हराउने गर्छन्। घर परिवारमा झैझगडा, कलह भइराख्यो तथा बालमैत्री बातावरण विद्यालय अनि घर दुवै स्थानमा भएन भने बालबालिकाहरू भित्रभित्रै गुम्सिँदै जान्छन्। र, बाँच्नका लागि नोकरीसँगै खानबस्‍न पाइने, शहर, बजारमा गाडी मोटर चढ्न पाइने भन्‍ने सुनेकै आधारमा परिवारमा कसैलाई जानकारी नै नगराई स्वनिर्णयले घर छोडी बेपत्ता हुन्छन्। यसलाई गम्भीर किसिमको बेपत्ता मान्‍न सकिने चन्द बताउँछन्।

तेस्रो कारण बालबालिकालाई बेचबिखन, श्रम शोषण, अपहरणको फन्दामा पारिन्छ।  हुनेखाने परिवारका बालबालिकालाई अपहरण गरी फिरौती रकम उठाउने मनसायले गायब गरिन्छ। त्यस्तो केसमा केही बालबालिकालाई फिरौतीपछि परिवारको जिम्मा लगाइन्छ त केहीलाई फिरौती रकम पाइसकेपछि पनि नछोडिने उनी बताउँछन्।

यस्तै, अर्को कारण छिमेकी देश भारतसँग नेपालको खुला सिमाना हो। भारतमा राम्रो रोजगारी पाइन्छ भन्‍ने अभिलाषाले तराईका सीमा नजिकका बालबालिकाहरू भागेर भारत जाने ट्रेन्ड बढ्दो भएकाले हराउने बालबालिकाको संख्यामा उकालो लाग्दै गएको चन्द बताउँछन्।

भन्छन्, ‘५-६ वर्ष मुनिका बालबालिका वा कुनै अटिजमजस्तो बौद्धिक अपांगता भएका बालबालिका छन् भने त्यस्तो अवस्थामा अभिभावकको लापरवाहीले बालबालिका घर नजिकै खेल्दै गरेकै अवस्थामा हराउन पुग्छन्।’

उनका अनुसार धेरै हराउने बालबालिकाहरूमा १४ वर्षदेखि १७ वर्ष उमेर समूहका छन्। त्यसमा पनि करिब ७० प्रतिशत बालिका छन् भने ३० प्रतिशत बालक। चन्द भन्छन्, ‘घटना विवरण हेर्दा बालबालिका हराउनेभन्दा बढी हराउन मन पराउने छन्।’

नेपालका ७७ वटै जिल्लाका बालबालिका हराउँछन्। तर, तराई क्षेत्रका बालबालिका बढी हराउँछन्। हराएका कुल बालबालिकाहरू मध्ये करिब ६० देखि ७० प्रतिशत बालबालिकाहरू हराएकै दिन अथवा महिनामा फेला पर्ने दाबी चन्दकोे छ।

बालबालिकाहरू विगतका वर्षहरूमा पनि हराउँथे। तर, पछिल्ला वर्षहरूमा त झनै हराउने ट्रेन्डमा उकालो लाग्दै गएको छ। पछिल्ला वर्षहरूमा राष्‍ट्रिय बालअधिकार परिषद्को तथ्यांकमा बालबालिका हराउने दरमा उकालो लाग्‍नुको कारण उनी नागरिकमा आएको सचेतनालाई मान्छन्।

बालबालिकाहरू हराए भने नेपाल प्रहरीको १०० नम्बर र बालबालिका खोजतलास केन्द्रको पैसा नलाग्‍ने १०४ नम्बरमा फोन गरेर जानकारी गराउने व्यवस्थापछि निवेदन दिनेको संख्या बढेको उनी बताउँछन्।

कसरी खोजिन्छन् बालबालिका ?

कुनै पनि बालबालिका हराए भने खोजतलास केन्द्रले निःशुल्क टेलिफोन नम्बर १०४ मा सूचना टिपाउने व्यवस्था छ। १०४ मा फोन गर्दा परिवारले हराउने बालक तथा बालिकाको नाम, उमेर, हराउँदा लगाएको पहिरन (हुलिया), स्थायी ठेगाना, कुन स्थानबाट हराएको, परिवारको सम्पर्क नम्बर सबै बताउनुपर्छ।

परिवारले फोनबाटै दिएको जानकारीका आधारमा खोजतलास केन्द्रका कर्मचारीहरूले फर्म भरी निवेदन दर्ता गर्छन्। उक्त विवरण प्रहरीलाई उपलब्ध गराइन्छ। त्यसको आधारमा प्रहरीले खोजतलास शुरु गर्छ।

डीएसपीको मातहतमा रहेको बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपले हराएका बालबालिकाको तस्बिरसहितको विवरण उपलब्ध गराएपछि नेपाल टेलिभिजनले सूचना निःशुल्क प्रसारण गरिदिँदै आएको छ।

खोजतलास केन्द्र एक युनिट हो, जसले काठमाडौं उपत्यकाभित्र हराएका बालबालिकासम्बन्धी केसहरू हेर्छ। उपत्यकाबाहिर कोशी, मधेश र लुम्बिनी गरी तीन प्रदेशमा खोजतलासका लागि समन्वय केन्द्र छन्।

हराएका बालबालिका हुन् वा बेवारिसे बालबालिकां, उपत्यकाभित्र फेला परेका सबैलाई परिसरबाट खटिएको प्रहरी टोलीले खोजतलास केन्द्रमा पठाउँछ भने जिल्लाहरूमा जिल्ला प्रहरी कार्यालयले नै खोजतलास गर्ने गर्छन्।

७७ जिल्लामध्ये मनाङ, मुस्ताङ, नवपरासीको पूर्व र रुकुम पूर्वलगायत ४ वटा जिल्लामा प्राविधिक रूपमा १०४ नम्बर जडान भएको छैन। दोस्रोपटक पनि राष्‍ट्रिय बाल अधिकार परिषदबाट पठाइएको बजेट प्राविधिक पोइन्ट छैन भनी फिर्ता आएकाले अझै पनि यी चार जिल्लामा पैसा नलाग्‍ने १०४ नम्बर उपलब्ध हुन सकेको छैन।

देशभर यस क्षेत्रमा काम गर्ने २३२ वटा महिला तथा बालबालिका सेवा केन्द्र छन्। ती केन्द्रहरूले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बालबालिका खोज्ने काम गर्छन्। जिल्ला प्रहरी कार्यालयमा हराएको बालबालिकाको संख्या, फेला परेको र बेवारिसेहरूको तथ्यांक राखिन्छ।

हरेक जिल्ला प्रहरी कार्यालयले महिना सकिनेबित्तिकै प्रदेश र खोजतलास केन्द्रमा उक्त तथ्यांक पठाउँछन्। त्यसपछि खोजतलास केन्द्रबाट उक्त तथ्यांंक मन्त्रालय र राष्‍ट्रिय बाल अधिकार परिषद्मा पठाइन्छ।

खोजतलास केन्द्रले हराएको निवेदनमा टिपोट गरेको नम्बरकै आधारमा उनीहरूको परिवारसँग सम्पर्क गरी परिवारको जिम्मा लगाउँछ। बेवारिसे फेला परेका बालबालिकाका अभिभावक पहिचान हुन नसकेको खण्डमा केन्द्रले बालबालिकासम्बन्धी संघसंस्था वा बाल गृहमा राख्‍ने गर्छ। ती बालबालिकाको खान-बस्‍नदेखि पढाइसम्मको सबै व्यवस्था तिनै संस्थाले बेहोर्छन्।

कुन अवस्थामा फेला पर्छन् बालबालिका ?

धेरैजसो बालबालिका बेवारिसे फेला पर्छन्। कसैले घरभित्र बालबालिकालाई काममा लगाएका छन् भने त्यो अवस्थामा पत्ता लगाउन गाह्रो पर्छ। तर, त्यस्तो बालक हराएको सूचीमा रहने चन्द बताउँछन्।

हराएका बालबालिकामध्ये धेरैजसो भागेर भारत पुगेका हुन्छन्। परिवारको सम्पर्कमा नरहेका उनीहरू ४-५ वर्षपछि घर फर्कन्छन् त केहीको लामो समयसम्म कुनै अत्तोपत्तो हुँदैन।

कुनै बालबालिकाहरू उज्ज्वल भविष्‍यको खोजीमा घर छोडी शहर बजार छिर्छन्। त्यो अवस्थामा उनीहरूको दुरुपयोग गरी मनोरञ्‍जनको क्षेत्र, खाजाघरलगायत बालश्रममा लगाइन्छ। बालश्रममा रहेका बालबालिकाको श्रम शोषण त हुन्छ नै, उनीहरू यौन शोषणमा पनि पर्छन्।

मनोरञ्‍जनका क्षेत्र बार, रेस्टुराँहरूमा १८ वर्षमुनिका बालबालिकालाई निषेध गरिएको छ। बयस्कहरूको मनोरञ्‍जनका लागि खोलिएका यस्ता क्षेत्रमा बालबालिका हिंसामा पर्न सक्ने भएकाले उनीहरूलाई प्रतिबन्धित गरिएको हो।

काठमाडौ उपत्यकाभित्र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ-संस्थाले बालबालिका श्रम तथा यौन शोषणमा परेको चाल पाउनासाथ प्रहरीको सहयोगमा उद्धार गरी दोषीविरुद्ध कानूनी कारवाही अघि बढाई पुनःस्थापना गर्ने काम पनि भएको उनको भनाइ छ। भन्छन्, ‘यसै वर्ष काठमाडौंमा बालिका यौन शोषणमा परेका ४-५ वटा केस बाहिरिएका छन्, जसमा कामको खोजीमा घर छोडी आएका १४-१५ वर्षका बालबालिका छन्।’

किन बढ्दै छ बालबालिका हराउने क्रम ?

बालबालिकाहरू अहिले मात्र हराउने गरेका होइनन्, पहिले पनि हराउँथे। तर, पहिले हराएका अनि बेपत्ता भएकाको रेकर्ड नै राखिने गरेको थिएन। अहिले बालबालिका हराए भने प्रहरी अनि खोजतलास केन्द्रको १०४ नम्बरमा फोन गर्नुपर्छ भनेर निवेदन दिने क्रम बढ्दो भएर नै हराउने बालबालिकाको संख्यामा उकालो लागेजस्तो देखिएको चन्द बताउँछन्।

गत साउनमा मात्र देशभर ७५० जना बालबालिका हराएको निवेदन खोजतलास केन्द्रमा आएको छ, जुन एक महिनामा दर्ता भएका निवेदनमध्ये अहिलेसम्मकै धेरै रहेको उनको भनाइ छ। भन्छन्, ‘परिवार र स्थानीय तह जिम्मेवार हुन नसक्दा बालबालिका हराउने वा बेपत्ता हुने क्रमलाई घटाउन सकिएको छैन।’

नेपाल प्रहरी होस् या बालबालिका खोजतलास केन्द्र, दुवैतिरको तथ्यांक केलाउँदा हरेक वर्ष विविध कारण घर छोडी भाग्‍ने वा हराउने बालबालिकाको संख्या उकालो लाग्दै गएको बाल अधिकारकर्मी तारक धिताल बताउँछन्।

कानून हुँदाहुँदै पनि हरेक वर्ष हराउने बालबालिकाको संख्या उकालो लाग्‍नुको पछाडि बालमैत्री वातावरण हुन नसक्नु नै प्रमुख कारण रहेको उनको बुझाइ छ।

उनका अनुसार अहिलेको जमाना देखासिकीको छ। आफ्नै उमेरका साथीहरूले राम्रो लगाएको, राम्रो खाएको अनि नयाँ-नयाँ ठाउँ घुमेको बालबालिकाहरू देख्छन्। दुई छाक टार्नै मुस्किल हुने परिवारमा साथीभाइको परिवारजस्तो व्यवस्था आफ्नोमा नभएपछि निराश हुन्छन्।

त्यही निराशापनले धेरैजसो बालबालिकाहरू उज्ज्वल भविष्‍यको खोजीमा परिवारमा कसैलाई जानकारी नगराई घर छोड्ने गरेको उनको भनाइ छ।

केही बालबालिका खाना-लगाउन सहज हुँदाहुँदै पनि अभिभावकबीच झगडा भइरहन थालेपछि शान्तिको खोजीमा घर छोड्ने उनी बताउँछन्। भन्छन्, ‘केही बालबालिकालाई प्रलोभनमा पनि पारी बेपत्ता पारिन्छ।’

छैन बालमैत्री वातावरण

बालबालिकाका लागि घरभन्दा सुरक्षित स्थान अन्यत्र हुँदैन। तर पनि, किन उनीहरू घर छोड्छन् अनि किन हराउँछन् भन्‍ने विषयमा परिवार, समाज, बालबालिकासम्बन्धी काम गर्ने संघसस्था र राज्य नै जिम्मेवार नहुँदा बर्सेनि बालबालिका हराउने दर तीव्र हुँदै गएको मनोविद डा. करूणा कुँवर बताउँछिन्।

बालबालिका के चाहान्छन् भनेर उनीहरूको मनोविज्ञान शुरूमा त अभिभावकले बुझ्नुपर्ने उनको भनाइ छ। पछिल्लो समय धेरै बालबालिका घर छोडी हराउनुको पछाडि घर र विद्यालयको वातावरण नै रहेको उनी बताउँछिन्। भन्छिन्, ‘परिवारमा बालबालिकाले आफूले चाहेअनुरूपको वातावरण नपाएपछि घरबाट टाढा गए सबै कुरा ठीक हुन्थ्यो कि भन्‍ने भान भएर घर छोड्छन्।’

यस्तै, विद्यालयमा खेल्ने वातावरण नहुँदा र शिक्षक-शिक्षिकाको व्यवहार राम्रो छैन भने बालबालिकालाई विद्यालय जान मन लाग्दैन। घर, विद्यालय दुवैतिरबाट प्रेसर भएपछि पनि बालबलिकाहरू घर छाड्छन्। सहजताको निम्ति घर छोडेका बालबालिकालाई बाहिरी वातावरणमा असुरक्षित हुन्छु भन्‍ने ज्ञात नै नहुने उनको भनाइ छ।

नेपालमा १६ वर्षमुनिका बालबालिकाका लागि फ्रेन्ड्ली वातावरण हुनुपर्छ भनिए पनि त्यसो हुन नसकेको उनी बताउँछिन्। ‘सानै उमेरमा धेरै जिम्मेवारी वहन गर्नुपर्ने, धेरै प्रेसरमा काम गर्नुका साथै पढाइमा पनि अब्बल हुनुपर्नेलगायत कारणले बालबालिका दिक्क मानेर घर छोड्छन्,’ कुँवर भन्छिन्, ‘केही बालबालिकाका अभिभावक कामको सिलसिलामा बाहिर हुन्छन्। घरमा अभिभावक नहुँदा असुरक्षित महशुस गर्न थालेपछि पनि उनीहरू घर छोड्न बाध्य हुन्छन्।’

बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.