मनिष अर्याल
Advertisement
गत शनिबारदेखि काठमाडौं टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ जारी छ।
बुधबार सकिने महोत्सव डीएआर मुभिज एन्ड फिल्मस् इन्डस्ट्रिजले आयोजना गरेको हो। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उदघाटन गरेका थिए।
२७ वटा जिल्लाका टोली सहभागी रहेको महोत्सवमा प्रथम हुनेलाई पाँच लाख, दोस्रोलाई तीन लाख र तेस्रोलाई दुई लाख रुपैयाँसँगै मेडल र प्रमाणपत्र वितरण गरिनेछ।






