• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

दशैं-तिहार बिदामा हेर्नुपर्ने ६ बलिउड फिल्म


    Avatar photo
सोमबार, असोज २८, २०८१ मा प्रकाशित

काठमाडौं– दशैं-तिहारको लामो बिदामा समय कसरी कटाउने भन्नेमा अलमलमा हुनुहुन्छ भने यी बलिउड चलचित्र हेर्न सक्नुहुन्छ।

Advertisement

१. टुवेल्थ फेल

जीवनदेखि हरेस खाइसकेका व्यक्तिका लागि उर्जा थप्ने काम गरेको छ बलिउड चलचित्र टुवेल्थ फेलले। मा रिलिज भएको यस चलचिलको कथा चम्बल घाँटीबाट शुरु हुन्छ। डाँका प्रभाविव यस क्षेत्रका मानिसलाई पढाइ-लेखाइ प्रति कुनै चासो छैन। स्कुलका शिक्षकले नै विद्यार्थीलाई चिटिङ गराएर पास गराउँछन्। भर्खरै सरुवा भई आएका नयाँ डीएपी दुश्यन्त सिंहले फिल्मको मुख्य मनोजको जीवनमा उर्जा थप्ने काम गर्छन्। तर, मनोज दृष्यन्तको पथमार्ग चली टुबल्थमा चिटिङ नर्दा फेल हुन्छन्। दोस्रो वर्ष मिहनेतले पढेका उनी तेस्रो डिभिजनमा पास हुन्छन्। र, दृश्यन्त सिंह जस्तै बन्नको लागि उनी डीएसपी बन्न गाउँ छोडि ग्वालियर जान्छन्।

ग्वालियर जाँदा उनको लत्ताकपडा अनि हजुर आमाले वर्षौंदेखि जम्मा गरेको पेन्सन पनि चोरिन्छ। दिशाहीन भइसकेका मनोज प्रितम पाण्डेसँग ठोकिन्छन्। प्रितमसँगै युपीएससीको तयारी गर्न दिल्ली पुग्छन्।

दिल्ली मनोजको सहज हुदैन। उनी गुजारा चलाउनको लागि लाइब्रेरीमा सरसफाइको काम थाल्छन्। र, युपीएससीको कोचिङ पनि लिन्छन्। पहिलो पटक असफल भएका मनोज दोस्रो पटक पहिलो पेपरमा नाम निकाल्छन्। कोचिङकै क्रममा मनोज श्रद्धा नाम गरेकी युवतीसँग नजिकिन्छन्। दोस्रो पेपरमा उनी असफल हुन्छन्।

मध्यरातसम्म एक अध्यारो मिलमा काम गर्ने मनोज रातभरी पढाइमा घोटिन्छन्। उनले हिम्मत नहारी तेस्रो पटक युपीएससीको पहिलो पेपरमा नाम निकाल्छन्। दोस्रो पेपरमा थप मिहनेत गर्न प्रेमिका श्रद्धा र गौराीदाईले भरपुर साथ दिएपछि उनको दोस्रो पेपरमा नाम निस्कन्छ।

तेस्रो पढाव थियो अन्र्तवार्ता। शुरुमा त उनलाई टुबल्थ फेल हो भन्ने वित्तिकै अन्र्तवार्ताबाट हटाइन्छ। तर, पछि उनको इमानदारीको कदर गर्दै उनलाई अन्र्तवार्ता गरान्छ। केही महिनापछि अन्र्तवार्ताको नतिजा प्रकाशित हुन्छ। जसमा चम्बलका एक निम्न वर्गका मनोजको नाम पनि निस्कन्छ। अन्तत डीएसपी बन्न गाउँ छोडेका उनी युपीएस बनेर गाउँ फर्किन्छन्।

२. स्त्री-२

दशैंमा हरर अनि कमेडीको लागि १५ अगष्ट २०२४ मा रिजिल भएको स्त्री-२ हेर्न निकै राम्रो छ।

निर्देशक अमर कौशिकले कथाको पहिलो भागमा निकै रमाइलो प्रदान गरेका छन्। डरलाग्दो राक्षसको प्रवेशदेखि लिएर सबै पात्रहरूको डर र त्यो डरबाट उत्पन्न कमेडी, यसले मनोरञ्जनको बलियो खुराक प्रदान गर्छ।

चलचित्रमा दानव र उसको साम्राज्यको विनाशको सन्दर्भमा प्रस्तुत गरिएको संसार र दृश्यमा भीएफएक्सको उत्कृष्ट प्रयोग गरिएको छ। चरमोत्कर्षमा वरुण धवनसँगै अक्षय कुमारको प्रवेशले मनोरञ्जन मात्रै थपेको छैन यस डरलाग्दो कमेडी ब्रह्माण्डमा महिला-ब्वाँसो संयोजनलाई पनि संकेत गर्दछ।

यस सिक्वेलमा निर्देशक अमर कौशिकले पनि महिला स्वतन्त्रताको विषयलाई मनोरञ्जनात्मक ढंगले उठाएका छन्। हो, अन्त्य अलिकति कोरिएको देखिन्छ। तर, संगीतको कुरा गर्ने हो भने आयी नयी, खुबसुरत र आज की रात जस्ता गीतहरू संगीतप्रेमीहरूले मन पराइरहेका छन्।

३. कल्की २८९८ एडी

सन् २०२४ मै रिलिज भएको बलिउड फिल्म हो। जसमा हाम्रो विगत र आउने भविष्यलाई देखाइएको छ। ६ सय करोडमा निर्माण भएको उक्त फिल्मले बक्स अफिसमा १ हजार ४१ करोड कमाइ गरेको थियो।

फिल्ममा भगवान् विष्णुको दशौं अवतार कल्ली जन्मनु पूर्व पृथ्वी अवस्था के कस्तो हुनेछ भन्ने देखाइएको छ। नाग अश्विनले निर्देशन गरेको यस फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पाटनी, कमल हासन लगायतको मुख्य भुमिका छ।

फिल्मको कथा महाभारत समयदेखि देखाइएको छ। उत्तराको गर्भमा रहेको सन्तानलाइ मार्नको लागि गुरु द्रोणचार्यका छोरा अश्वथामाले ब्रमास्त्र प्रहार गरेपछि श्रीकृष्ण अश्वथामाको निधारको मणी झिक्दै कहिल्यै पनि नमर्ने श्राप दिन्छन्। यसैसँग उनले प्राश्चितको मार्ग पनि देखाउँछन्।

हजारौ वर्षपछि जब दुनियामा पाप, अत्याचार बढ्ने छ, तब पापको नाश गर्न विष्णुको दशौं अवतार कल्कीको जन्म हुनेछ। त्यसकारण कल्लीको रक्षा गरे अश्वथामाको पापको प्राश्चित हुने बताइन्छ।

फिल्ममा ६ हजार वर्षपछिको परिवेश देखाइन्छ। पापले गर्दा दुनिया विशासतिर गइरहेको छ। दुनियाको एक मात्र शहर कासी अस्तित्वमा हुन्छ। जहाँ कम्प्लेक्स नामको एक संरचना छ। जसको शासक सुप्रीम छन्। जसले आफु शक्तिशाली बन्नको लागि महिलाको गर्भमा रहेको बच्चाबाट सीरम निकाली आफ्नो शरीरमा लिने एक्सपेरिमेंन्ट गर्छन्। त्यसै कम्प्लेक्समा सुमती नाम गरेकी महिला पनि गर्भवती हुन्छिन्।
सबै महिला जस्तै सुमतीको गर्भबाट पनि सिरम निकालिन्छ। सुमतीकै गर्भमा कल्ली छन् भन्ने आवास भएपछि वर्षौ देखि अज्ञात रहेका अश्वत्थामा समतीको रक्षामा तैनाथ हुन्छन्। उनी सप्रिमको सेनाबाट सुमती र उनको बच्चालाई बचाउन कोसिस गर्छन्।

फिल्मका अर्का मुख्य पात्र भैरवा पैसाको लालचमा भने सुमतीलाई खोजेर सुप्रिमलाई सुम्पिने प्रतिवद्धता जनाउँछन्। यसैबिच थुप्रै पकट भैरवा र अश्वत्थामा विच द्धन्द हुन्छ।

कसैगरी सुमतीलाई शांभला पुर्‍याइन्छ। तर, कम्प्लेक्सको सुख, आराम पाउनको लागि भैरवा सुमतीलाई शांभालाबाट आफूसँगै लिन सक्षम भएसँगै फिल्मको कथा सकिन्छ।

४. लायन

बालबालिकाहरू किन अनि कसरी हराउँछन्? हराएका बालबालिकाहरूले के-कस्तो समस्यामा पर्नुपर्छ भन्ने घटनामा आधारित फिल्म हो लायन।

भारतको मध्यप्रदेशको खाण्डावा एक जिल्लाबाट दाईसँग छुट्टिएर हराउन पुगेका ५ वर्षीय बालक तीन दिनको ट्रेन सफरपछि पश्चिम बंगालको कोलकतामा पुग्छन्। कोलकतामा उनले चिनेको कोही हुदैनन् एक अज्ञात समुहले अपरण गर्दा ज्यान जोगाइ भागेका उनलाई एक अनाथालयमा राखिन्छ।

केही दिनपछि ति बालकको परिवारको टुंगो नलागेपछि उनलाई धर्मपुत्र बनाएर अस्टे्रलिया पठाइन्छ। र, उनी नयाँ अभिभावकसँगै रमाउन थाल्छन्।

उमेर बढ्दै जाँदा उनी आफू भारतीय नागरिक हो भन्ने कुरा बिर्सिन्छन्। २० वर्षपछि ती बालक लक्का जवान हुन्छन्। होटल म्यानेजमेन्ट पढ्दै गर्दा उनका थुप्रै इन्डियन साथी बन्छन्। साथीसँग मित्रता प्रगाढ बन्दै गएपछि उनलाई आफ्नो परिवारको यादले पिरोल्न थाल्छ। निम्न बर्गमा जन्मिएका उनलाई दाई, आमा र सानी बहिनी कुन अवस्थामा छन् होला भन्ने बेचैनीले भोक, निन्द्रा नै हराउन थाल्छ। बाल मस्तिष्कमा गाउँको नाम मात्र थाहा हुन्छ। उक्त नामलाई उनले थुप्रै पटक गुगलमा सर्च गर्छन्। तर, इन्डियाको नक्सामा उक्त नाम कही मेल खादैन।

आफ्नो घर पत्ता लगाउने चक्करमा उनले करिब तीन-चार वर्ष आफूलाई व्यवस्थित गर्न सक्दैनन्। गुगल सर्च गर्ने क्रममा एक दिन भारतको नक्सालाई उनी जुम गरेर हेर्छन्। अनि उनी आमाले गाउँछेउमै रहेको नदी किनारमा ढुंगा फुटाउने ठाउँलाई फेला पार्छन्। र, आफ्नो गाउँको असली नाम थाहा पाइसकेपछि उनी परिवार भेट्न अष्टे्रलियाबाट भारत आउँछन्।

५. ट्रयाप्ड

सामान्य दैनिकीमा आइरहेका बाधा-अवरोध व्यवस्थापन गर्न कसैले भरपुर प्रयास गरिरहेका हुन्छन् भने कसैले अनेक प्रयास गर्दा सफल नभएपछि आत्महत्याजस्तो जघन्य अपराधको बाटो रोजेका हुन्छन्। तर, जीवन भागेर होइन, भोगेर जिउनुपर्छ भन्ने कुरा राजकुमार रावद्वारा अभिनिय फिल्म ट्रयाप्डले देखाएको छ।

कलसेन्टरमा काम गर्ने एक युवक भर्खरै सरेको नयाँ कोठामा कसरी फस्छन्। र, जीवित रहनको लागि उनले गरेको संघर्ष वास्तवमै तारिफ योग्छ।

मर्मत भइरहेको करिब २० तले बिल्डिङमा नयाँ फ्ल्याटमा सर्छन्। त्यो बिल्डिङका पालेलाई समेत थाहा हुदैन। मध्यरातमा फ्ल्याटमा सर्दा उनले आफूसँगै केही जोर कपडा, एक बोतल पानी, टर्च लिएका हुन्छन्। बिहान अबेर उठेका उनी हतार-हतारमा अफिसको लागि निस्कन्छन्। तर, त्यही समयमा उनको ढोका बाहिरबाट लक हुन्छ।

ढोेकाको लक तोड्न उनी अनेक प्रयास गर्छन। तर, केही सिप लाग्दैन। बत्ति नआएपछि उनको मोबाइलको ब्याटी्र पनि सकिन्छ। उनी आक्रोशमा मोबाइल पनि फुटाउँछन्। गुहार लगाउदै भुइँतलामा रहेका पालेलाई बोलाउदा उनको आवाज पालेसम्म पुग्दैन। सुनसान बिल्डिङमा आफू छु भनेर जनाउनको लागि उनी गातामा लेखेर सहयोगको लागि अपिल गर्छन्। पेनमा मसि सकिएपछि उनी खाफ्नै रगत निकालेर पनि गातामा लेखेर उठाउँछन्। अनेक प्रयास विफल हुन्छ।

ती युवक फसेको नवौं दिन भइसकेको छ। यो विचमा उनले आफूलाई त्यो कोठाबाट बाहिर निकाल्ने थुप्रै प्रयास गर्छन्। शुद्ध शाहाकारी खान रुचाउने उनी जीवित रहनको लागि कोठाभित्र रहेको मुसा, सांङलो, बाल्कोनीमा आएको परेवा मारेर खान्छन्।

कोठाको लक तोड्नको लागि कोठामा भए-भरका सामान तोडफोड गरिसकेका उनी अन्तत बाल्कोनीको ग्रिल काट्न थाल्छन्। र, फ्ल्याटमा फसेको १० औं दिनपछि उनी ग्रिल काटेर बाहिर निस्कन सफल हुन्छन्।

६.लापता लेडिज

घुंघट प्रथाको वृतान्तलाई देखाइएको छ। घुंघट राखेकै कारण ट्रेनमा सवार दुई जोडी नव विवाहित जोडीको बेहुलीको अदला-बदली हुन्छ।
फिल्मको प्रमुख पात्र दीपकले घुघटको कारण पहिचान गर्न गाह्रो भएकाले अर्कैैको श्रीमती साथ लिएर आउँछन्। तर, श्रीमान साथमा नभेटेपछि दीपककी वास्तविक श्रीमती फूल छुट्टै स्टेसनमा ओर्लिन्छिन्। जहाँ उनले आफ्नो श्रीमान खोज्न निकै संघर्ष गर्नुपर्छ।

यता दीपक पनि फूललाई खोज्ने निकै प्रयास गर्छन्। श्रीमानको घरको ठेगाना समेत थाहा नभएकाले फूललाई निकै मुस्किल पर्छ।

सोमबार, असोज २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.