• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

यी हुन् नेपाल चिनाउने १० डकुमेन्ट्री


    Avatar photo
सोमबार, असोज २८, २०८१ मा प्रकाशित

काठमाडौं- नेपाललाई जतिले चिन्छन्, विश्‍वको अग्लो शिखर सगरमाथा, इमानदार र हँसिला नेपाली नागरिक, यहाँका पहाड, पर्वत, प्राकृतिक स्थल र मठमन्दिरजस्ता पर्यटकीय गन्तव्यले नेपाललाई चिनाउँछन्। र, तिनलाई चिनाउन मुख्य भूमिका छ, स्वदेशी-विदेशी निर्माताहरूले बनाएका वृत्तचित्रहरूको।

Advertisement

प्रस्तुत छ, नेपाल चिनाउन भूमिका भएका केही वृत्तचित्रहरूको छोटो परिचय।

द लास्ट हनी हन्टर

१३ मार्च २०१८ मा रिलिज भएको ‘द लास्ट हनी हन्टर’ ले नेपालको दुर्गम पहाडी क्षेत्रहरूमा मह शिकारको परम्परागत अभ्यासको अन्वेषण गरेको छ। ३६ मिनटको उक्त वृत्तचित्रमा कुलुङ समुदायका सदस्य माउली धन राईलाई केन्द्रित गरिएको छ। उनी आफ्नो समुदायमा अन्तिम मह शिकारीका रूपमा चिनिन्छन्। कुलुङ जातिले पहाडी इलाकामा भीर मौरीको मह काढ्ने परम्परागत व्यवसाय गर्दै आएको थियो। तर, अब त्यो व्यवसायबाट उक्त जाति बाहिर निस्किसकेको छ।

‘द लास्ट हनी हन्टर’ले नेपालको मनोरम परिदृश्यहरू मात्र देखाउँदैन, कुलुङ जातिका मानिसहरूका लागि मह शिकारको सांस्कृतिक महत्त्व पनि बुझाउँछ। डकुमेन्ट्रीमा मौली धन राई र उनका सहयात्री मह शिकारीहरूले चट्टानमा महको चाका संकलन गर्दा सामना गर्ने जोखिम र चुनौतीहरूलाई चित्रण गरिएको छ।

यो वृत्तचित्रले कार्टेल पुरस्कार, क्याम्डेन अन्तर्राष्‍ट्रिय फिल्म महोत्सवको उत्कृष्‍ट पुरस्कार, क्राको माउन्टेन फिल्म फेस्टिभलमा उत्कृष्‍ट चलचित्र पर्वतीय संस्कृति, बान्फ माउन्टेन फिल्म फेस्टिभलमा उत्कृष्‍ट संस्कृति र प्राकृतिक चलचित्र, बिलबाओ मेन्डी फिल्म फेस्टिभलमा उत्कृष्‍ट भिजुअल, केन्डल माउन्टेन फिल्म फेस्टिभलमा उत्कृष्‍ट लघु वृत्तचित्र, बेन्ड फिल्म फेस्टिभलमा दर्शक छनोट पुरस्कार, काठमाडौं अन्तर्राष्‍ट्रिय चलचित्र महोत्सवमा उत्कृष्‍ट छायांकनलगायत अवार्ड जितेको छ।

समन्स अफ द ब्लाइन्ड कन्ट्री

‘समन्स अफ द ब्लाइन्ड कन्ट्री’ स्विस फिल्म निर्माता तथा एथ्नोलोजिस्ट माइकल ओपिट्जले निर्देशन गरेको डकुमेन्ट्री हो। यसमा पूर्वी नेपालमा लिम्बू समुदायको बसोबास रहेका गाउँहरूमा धामी-झाँक्रीमार्फत उपचार गर्ने रुढीवादी शैलीको कथा चित्रण गरिएको छ। ११ अप्रिल १९८१ मा रिलिज भएको उक्त वृत्तचित्रले झाँक्रीका परम्परागत अभ्यासहरू, तिनीहरूको रीतिरिवाज र सांस्कृतिक पाटो समेटेको छ।

कुमारी : लिभिङ गडेस अफ नेपाल

२० अक्टोबर २००५ मा प्रदर्शन भएको ‘कुमारी : लिभिङ गडेस अफ नेपाल’ डुकुमेन्ट्रीमा तासिया कोब्योलिन्स्काको लेखन र निर्देशन छ। कुमारी प्रथालाई मध्यनजर गरी तयार पारिएको उक्त डकुमेन्ट्रीले नेपालको कला, संस्कृतिलाई विश्‍वसामु छर्लंग पार्ने प्रयास गरेको छ।

यो डकुमेन्ट्रीमा तीनजना कुमारीहरूको जीवन देखाइएको छ। र, यस अनौठो परम्पराको पक्ष र विपक्षमा बहसहरू गराइएको छ। त्यसका लागि कुमारीहरू र उनीहरूको परिवारमा पुगेर वृत्तचित्र खिचिएको छ।

सा कर्णाली

६ अक्टोबर २००६ मा रिलिज भएको ‘सा कर्णाली’ डुकुमेन्ट्री किरनकृष्‍ण श्रेष्‍ठले निर्देशन गरेका हुन्। नेपथ्यको ‘सा कर्णाली’ गीतको म्युजिक भिडियोजस्तै लाग्छ, यो डकुमेन्ट्री हेर्दै गर्दा। तथापि, यसमा डोल्पाको संस्कृति, जीवनशैली समेटिएको छ।

नमस्ते नेपाल

सन् २००९ मा रिलिज भएको ‘नमस्ते नेपाल’ डकुमेन्ट्री ‘सिलिकन भ्याली हाइस्कुल’का विद्यार्थीहरूको हिमाली भेगको एक महिना लामो यात्राको क्रममा निर्माण गरिएको हो। उनीहरूले मनाङमा १३ हजार फिट उचाइसम्म यात्रा गरेका छन्।

ह्वाइट सन

६ सेप्टेम्बर २०१६ मा रिलिज भएको ह्वाइट सन (सेतो सूर्य) को निर्देशन दीपक रौनियारले गरेका हुन्। यसमा रौनियार र डेभिड बार्करको सह-लेखन छ। यसमा दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, आशा मगराती, सुमी मल्ल, अमृत परियार, दीपक क्षत्री, देशभक्त खनाललगायतको मुख्य भूमिका छ। यो वृत्तचित्रले माओवादी सशस्त्र विद्रोहको समयको कथा समेटेको छ।

भेनिस फिल्म फेस्टिभलको ७३ औं संस्करणमा होराइजन्स खण्डमा ‘ह्वाइट सन’को वर्ल्ड प्रिमियर भएको थियो। त्यसपछि सन् २०१६ मै टोरन्टो अन्तर्राष्‍ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिएको थियो। यो ९० औं एकेडेमी अवार्डमा उत्कृष्‍ट विदेशी भाषाको फिल्मका रूपमा छनोट पनि भएको थियो। तर, मनोनयनमा पर्न सकेन।

‘गोल्डेन हाउस फिल्म फेस्टिभल’मा बेस्ट एसियन फिल्म, पाम स्प्रिंग्स इन्टरनेसनल फिल्म फेस्टिभलमा न्यू भ्वाइस, न्यू भर्सन ग्रान्ड जुरी प्राइज अवार्ड, इन्टरनेसनल फिल्म फेस्टिभलमा केएनएफ अवार्ड र सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट फिल्म अवार्ड जितेको थियो

चिल्ड्रेन अफ द स्‍नो ल्यान्ड

सन् २०१८ मा रिलिज भएको ‘चिल्ड्रेन अफ द स्‍नो ल्यान्ड’ले नेपाली बालबालिकाको एउटा समूहको जीवनको कथा समेटेको छ। आफ्नो परिवारबाट टाढा राजधानी काठमाडौंको विद्यालयमा पढ्न पठाइने विद्यार्थीको कथा यसमा देखाइएको छ।

जारा बालफोर र मार्कस स्टिफनसनको यो वृत्तचित्रले दुर्गम गाउँदेखि विद्यालयसम्म बालबालिकाको यात्रा चित्रण गरेको छ। यसको प्रिमियर काठमाडौं अन्तर्राष्‍ट्रिय पर्वतीय चलचित्र महोत्सव (केआइएमएफएफ)मा भएको थियो।

आफ्टरसक : एभरेस्ट एन्ड नेपाल अर्थक्वेक

सन् २०२२ मा रिलिज भएको वृत्तचित्र हो। सन् २०१५ (०७२ साल)मा गएको विनाशकारी भूकम्पपछिको परिवेशलाई यसमा समेटिएको छ। उक्त भूकम्प र त्यसपछि आएका परकम्पहरूमा परी ९ हजारभन्दा बढीको ज्यान गएको थियो। र, लाखौं घरबारविहीन भएका थिए।

शेर्पा

७ जुन २०१५ मा रिलिज भएको यो वृत्तचित्रमा नेपालको शेर्पा समुदायको कथा समेटेको छ। हिमाल आरोहणमा शेर्पा समुदाय सहयोगीको भूमिकामा सधैं अग्रणी छन्। वृत्तचित्रमा शेर्पाहरूको दृष्‍टिकोण, पहाडसँग उनीहरूको सांस्कृतिक र आध्यात्मिक सम्बन्ध तथा उनीहरूले आफ्नो पेशामा लिने जोखिमहरूबारे उल्लेख छ।

यो वृत्तचित्रको निर्देशन जेनिफर पेडोमले गरेका छन्। ‘शेर्पा’मा सगरमाथा आरोहणको व्यावसायीकरण तथा शेर्पा समुदायले सामना गरिरहेका चुनौतीहरू बारे उल्लेख छ।

इभन ह्वेन आई फल

११ जुन २०१७ मा रिलिज भएको यो वृत्तचित्रले दुई नेपाली महिला सरस्वती र शीतलको प्रेरणादायी कथा देखाएको छ। उनीहरू बाल्यकालमै भारतीय सर्कसमा पुर्‍याइएका थिए। पछि भागेर आफ्नै सर्कस कम्पनी खोलेका थिए।

एसकेवाई नीलले निर्देशन गरेको उक्त वृत्तचित्रले सरस्वती र शीतलको यात्रालाई पछ्याएको छ। र, उनीहरूले सामना गरेका चुनौतीहरू पार गर्न कसरी संघर्ष गर्दै आए भन्‍ने देखाइएको छ।

यस वृत्तचित्रले ब्रिटिस इन्डिपेन्डेन्ट फिल्म अवार्ड (२०१७), वान वर्ल्ड मिडिया अवार्ड (२०१८) जितेको थियो।

सोमबार, असोज २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.