• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

शंकास्पद डलर ल्याउने शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेका थिए


    Avatar photo
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभागले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए ।

Advertisement

यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ ।

अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । ‘प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएको थियो । गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ फेला परेको हो,’ सीआईबीले उठाएको मुचुल्कामा भनिएको छ, ‘त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थिए ।

प्रहरी स्रोतका अनुसार ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्यतिबेला पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाह पनि थिए । तर, पछि शक्तिको बलमा कमजोर फाइल बनाई अभियुक्तहरूलाई उन्मुक्ति दिइएको थियो ।

यो विषयमा कान्तिपुरले जानकारी लिन खोज्दा शाहले अपशब्द बोल्दै किनारा लागिसकेको मुद्दा किन उठाएको भनेर प्रतिप्रश्न गरे । तर त्यो भारु काण्डदेखि यो डलर काण्डका बीचमा उनी अरु पनि शंकास्पद कारोबारमा मुछिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बीचमा पनि उनीमाथि छानबिन भएको थियो किनकि त्यो बेला पनि ५० करोडभन्दा धेरै रकम उनको खातामा आएको थियो, यो रकमबारे प्रहरीको सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका थिए । तर उनले शक्ति प्रयोग गराएर रकम उम्क्याए ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘पटक–पटक शंकास्पद रकम आउँदा पनि रकम छुटाउन सक्ने गरी उनको पछाडि को छ ? यसको मतलब उनी प्रयोग मात्र भएका हुन्, रकम अरू कसैको हो भन्ने पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।’

कारोबारी शाहको पृष्ठभूमिले नै अर्थमन्त्री जनार्दन शर्माको दाबीलाई खण्डित गरेको छ । शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो, ‘राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन् । अन्याय पर्‍यो भने बोली दिने काम हाम्रो होइन ?’ शर्माले भने जस्तै शाह सोझासिधा व्यवसायी होइनन्, बरु नोटको अवैध कारोबार गर्ने गिरोहका सदस्य हुन् भन्ने प्रहरीकै फाइलले देखाएको छ ।

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोलेको बताए पनि उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । ‘यी कम्पनीहरूको अध्ययन गर्दा देखाउन मात्र खोलिएका हुन् भन्ने निष्कर्ष आएको छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘सम्पत्ति शुद्धीकरण गर्नका लागि यी कम्पनीहरू खडा गरिएका देखिन्छन् । खास कारोबार अत्यन्तै न्यून मात्रामा भएको देखिन्छ ।’

नेपाल वा अन्य देशमा भ्रष्टाचार, कर छली वा अन्य गैरकानुनी क्रियाकलापबाट सिर्जना भएको रकम शुद्धीकरणका लागि शाहका नामबाट आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । उता अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले यो रकम तत्काल जफत गर्न र अमेरिका फिर्ता पठाउन राष्ट्र बैंकलाई ताकेता गर्दै आएको छ ।

याे समाचार कान्तिपुर दैनिकमा छ

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.