• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राजनीतिक दाउपेच : विश्वविद्यालय ८३ दिनदेखि बन्द


    Avatar photo
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

Advertisement

विद्यार्थी र शिक्षकको तालाबन्दीमा पार्टीहरूले राजनीति गर्दा त्रिभुवन विश्वविद्यालय ८३ दिनदेखि बन्द छ । जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धन दिन त्रिवि अनुगमन निर्देशनालयका कर्मचारीले घुस मागेको भन्दै नेपाल विद्यार्थी संघले ७ माघदेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको छ । २४ माघमा आंशिक प्राध्यापकले मासिक तलब पाउनुपर्नेलगायत माग राखेर तालामाथि ताला थपे, त्यो पनि अहिलेसम्म खुलेको छैन । आंशिक प्राध्यापकले क्याम्पसहरूमा समेत ताला लगाएका छन् ।

त्रिविको तालाबन्दी विद्यार्थी र शिक्षकका मागमा मात्र सीमित नभई, सत्तासँग जोडिएर जटिल बनेको छ । त्रिविमा सबै पदाधिकारी तत्कालीन केपी ओली सरकारले नियुक्त गरेका एमालेसम्बद्ध छन् । अहिले मुलुकमा भने कांग्रेसको सरकार छ । पार्टीसम्बद्धलाई नियुक्ति गर्ने परिपाटीले त्रिविमा द्वन्द्व चुलिएको छ, उच्च शिक्षा चेपुवामा परेको छ । त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार कोही पनि कांग्रेसनिकटको नभएका कारण सरकारले विश्वविद्यालय ठप्प हुँदा पनि बेवास्ता गरेको प्राध्यापकहरू बताउँछन् । विश्वविद्यालय झन्डै तीन महिनासम्म बन्द हुँदा सरकारले पनि चासो नदिएको सरकार मौन बसेरै पदाधिकारीलाई राजीनामा गर्न बाध्य पार्ने रणनीतिमा रहेको उनीहरूको बुझाइ छ। 

आफ्ना कार्यालयमा ताला लागे पनि पदाधिकारीले नियुक्तिलगायतका काम भने रोकेका छैनन् । कहिले त्रिविकै अन्य कार्यालयमा, कहिले होटेलमा भेटघाट र बैठक गर्दै आएका छन् । महिनौँदेखि देश तथा विदेशका पाहुनालाई अन्यत्र बोलाउने र त्रासमै निर्णय गर्नुपर्ने अवस्था छ । कार्यकक्षमा पदाधिकारी नहुँदा विद्यार्थी र प्राध्यापकले आफ्ना समस्या राख्न सकेका छैनन् । 

‘विश्वविद्यालय बन्द भएका कारण उपकुलपतिले होटेलमा भेटघाट गर्नु लज्जास्पद हो,’ नेपाल प्रगतिशील प्राध्यापक संगठनका उपाध्यक्ष डा. खगराज शर्माले भने, ‘ताला खोल्नका लागि त्रिविका पदाधिकारी, शिक्षा मन्त्रालय र सरकारले पहल गर्नुपर्छ ।’ 

विद्यार्थी र प्राध्यापकको मागमा निकास खोज्न त्रिवि पदाधिकारीले पहल गरेका छैनन् । उनीहरू आफ्नो कार्यकक्षबाहिरै घुमेर दिन कटाइरहेका छन् । पदाधिकारी एमालेनिकट भए पनि संगठनबाट सिफारिस नभएको र नियुक्त भएर आएपछि पनि संगठनलाई बेवास्ता गरेको भन्दै संगठनका केही पदाधिकारीको असन्तुष्टि छ । पदाधिकारीले एमाले निकटको बैचारिक संगठनलाई भन्दा आफूनिकट केही प्राध्यापकलाई मात्र विश्वास गरेको समेत संगठनभित्र गुनासो छ । 

आंशिक प्राध्यापक संघका केन्द्रीय सचिव वैकुण्ठ थापाले त्रिवि पदाधिकारीले वार्तामा आएर समस्या समाधानका लागि कुनै पहल नगरेकाले ताला जारी रहेको बताए । ‘पदाधिकारीले वार्तामा आउने इच्छा नगरेको र मागसमेत पूरा नगरेकाले क्याम्पससम्म तालाबन्दी गरेका हौँ,’ उनले भने ।

नेविसंघका विश्वविद्यालय क्याम्पस एकाइ अध्यक्ष हरि आचार्यले तालाबन्दीका विषयमा अहिलेसम्म कुनै वार्ता नभएको बताए । अहिलेका पदाधिकारीबाट पार लाग्ने नदेखिएकाले वार्ता गर्नुको अर्थसमेत नभएको उनको भनाइ छ। 

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.