काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले सबै जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । माअोवादीले जारी गरेको सर्कुलरमा एउटा पालिकाको कम्तीमा एक वडाध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ ।
Advertisement
सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्ने छन् । यस्तै, ७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्ने छन् ।