बराहक्षेत्र- नेकपा एमाले बराहक्षेत्रको दोस्रो अधिवेशनबाट सीता भण्डारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
Advertisement
उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा (खुल्लातर्फ) प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएका हुन् ।
दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय सदस्य तथा निर्वाचन मण्डलका अध्यक्ष तैयुब हुसैनले जानकारी दिएका छन् ।
कमिटीमा बाँकी १० सदस्यीय पार्टीको पहिलो बैठकबाट मनोनित गरिने बताइएको छ ।