काठमाडौँ । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएसँगै शेयर कारोबारमा उछाल आएको छ । प्रधानमन्त्री पदबाट खान हटेपछिको पहिलो दिन आज पाकिस्तान स्टक एक्सचेञ्जमा उछाल आएको हो ।
Advertisement
केएसई (कराची स्टक एक्सचेञ्ज) परिसूचक सयबाट हालसम्म १४ सय अंकले बढेको छ । यस्तै, लगानीकर्ताले किनबेच गर्ने प्रवृत्ति देखिएको छ ।
पाकिस्तानी धितोपत्रका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्थाले सेयर बजारमा सकारात्मक मोड लिएको छ । योसँगै डलरको तुलनामा पाकिस्तानी करेन्सी बलियो बन्दै गएको छ ।
कारोबारको सुरुमै डलरको मूल्य १.८३ रुपैयाँले घटेको छ ।