काठमाडौँ । सत्तारुढ गठबन्धन पाँच दलका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न अपिल गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहका नेता तथा कार्यकतौलाई यस्तो अपिल गरेको हो ।
Advertisement
स्थानीय तहको निर्वाचनमा कसरी पाँच दलको तालमेल गर्ने भन्ने अन्योलताका बीच गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।
अपिल पत्रमा भनिएको छ, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न साथीहरूलाई आहृवान गर्द र्छौं ।’
विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माअोवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन् ।
