काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका २ स्थित रामचोकमा गए राति ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा बिर्तामोड २ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।