काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको छ ।
Advertisement
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकको एक चिया पसलबाट घुस लिएको पाँच लाख रुपैयाँ रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई आज बिहान पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।