काठमाडौँ । कैलालीमा घरायसी विवाद हुँदा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
Advertisement
कैलालीको मोहन्याल गाउँपालिका १ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापा मगरको हत्या गरेकी हुन् । उनले हँसियले हानेर श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमानको हत्या गरेर उनी प्रहरी कार्यालयमा पुगेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।