• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

ओमिक्रोनको मारमा चीन : साना उद्यमलाई ४ खर्ब डलरको कर छुट


आइतबार, चैत २७, २०७८ मा प्रकाशित

बेइजिङले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित व्यवसायका लागि अनुदान कार्यक्रम बढाएको छ । तीव्र गतिमा सर्ने ओमिक्रोन भेरियण्ट चीनको ३१ मध्ये २८ प्रान्तमा फैलिसकेको छ ।

Advertisement

चीन उसको पुरानै ‘शून्य कोभिड रणनीति’मा अडिग छ । त्यसको कार्यन्वयनका लागि देशभर विशाल क्षेत्रमा लकडाउन गरिएको छ । लकडाउन लगाएका ठाउँमा सबैको परीक्षण पनि तीव्रताका साथ अघि बढाइएको छ ।

यी नियन्त्रण प्रयास कार्यन्वयन गर्दा धेरै व्यवसायी मारमा परेका छन् । तिनको सहयोगका लागि चीनले ३९३ अर्ब डलरको कर छुटको योजना अघि सारकोे छ । त्यसबाहेक भाडा छुट, ऋणमा सहयोगजस्ता सहयोगका कार्यक्रम लागु गरिने प्रशासनले बताएको छ ।

हालसम्म सार्वजनिक सहायता प्याकेज

चीनका प्रधानमन्त्री ली खछङले मार्चको सुरुमा आयोजित ‘टु सेसन’मा २५ खर्ब युवानको कर छुट प्याकेज घोषणा गरे । गत वर्ष सरकारले ११ खर्ब युवानको कर छुट प्याकेज घोषणा गरेको थियो । यसपटक त्योभन्दा ठूलो प्याकेज ल्याएको छ ।

चीन सरकारले कोरोनाबाट प्रभावित व्यवसायीको सहयोगमा अघि सारेको सहायता प्याकेजमा निम्न कुराहरु समेटिएको छ :

– साना व्यवसायीहरूले अझै मुल्य अभिवृद्धि कर तिर्नु पर्ने छैन । यो व्यवस्था एक लाख ५० हजार युवानभन्दा कम मासिक बिक्री आय हुनेका लागि लागु हुनेछ ।

– वार्षिक भुक्तानी १० लाखदेखि ३० लाख युवानबीचमा छ भने आय कर आधा गरिनेछ ।

– १५ खर्ब युआन बराबरको मूल्य अभिवृद्धि कर यो वर्ष रिफण्ड गरिने योजना छ ।

– स्थानीय सरकारलाई विशेष छुट दिन प्रोत्साहित गरिने छ ।

– इन्टरनेट प्ल्याटफर्मसम्बन्धी कम्पनीलाई तिनको प्ल्याटफर्ममा निर्भर साना व्यवसायीहरूको खर्च कम गर्न प्रोत्साहित गरिने छ ।

– विभिन्न शूल्यलगायत अन्य प्रशासनिक शूल्क घटाइने छ । यसमा सरकार समर्थित व्यापारिक संस्था तथा बन्दरगाह व्यवस्थापन शूल्क पनि पर्छ ।

सरकारी सम्पत्ति सुपरिवेक्षण र प्रशासनिक अयोगले मार्चमा एक घोषणा गर्दै केन्द्रीय सरकारको स्वामित्वमा रहेको संस्थाका अफिस भाडामा लिएका साना व्यवसायी र स्वरोजगार व्यवसायहरूलाई तीन महिना भाडा छुटको व्यवस्था गरेको छ । कोभिडको बढी जोखिम क्षेत्रमा रहेका व्यवसायलाई ६ महिनासम्म भाडा छुट दिन सकिने व्यवस्था गरेको छ ।

कोरोना सहायतासम्बन्धी अधिकांश कार्यक्रमले साना व्यवसायी र स्वरोजगार व्यवसायीलाई लक्षित गरेको छ । यसले बेइजिङले देशको स्थायित्वलाई कति महत्व दिएको छ भन्ने खुल्छ । चिनियाँ सरकार कोरोना विस्तार रोक्न उठाइएका कदमले आर्थिक वृद्धिमा असर नपुगोस् भन्नेमा निकै सचेत देखिन्छ ।

जनवरी–फेब्रुअरीको वृद्धिको तथ्यांक राम्रो भए पनि पछिल्लो समय ओमिक्रोन भेरियण्टको विस्तार रोक्न कठोर कदम उठाइयो । रुस–युक्रेन युद्धले उपभोग्य सामानको मूल्य वृद्धि हुँदा त्यसको असर आर्थिक वृद्धिमा हुने देखिन्छ ।

केही विज्ञले चीनको शून्य कोभिड नीतिमै समस्या रहेको बताइरहेका छन् । यसरी एक जनामा पनि कोभिड लाग्दा सम्पूर्ण अर्थतन्त्र बन्द गर्न थालियो भने समग्र अर्थतन्त्र कहिले चलायमान हुन नसक्ने तिनको विश्लेषण रहँदै आएको छ ।

केही वर्षदेखि चीनको आर्थिक वृद्धिमा केही सुस्तता आउन थालिसकेको स्थितिमा ओमिक्रोनविरुद्धको कठोर नीतिले त्यसमा थप असर पार्ने देखिन्छ ।
एक अध्ययनले पछिल्लो ओमिक्रोन भेरियण्टको महामारी र त्यसलाई नियन्त्रण गर्न उठाइएका कदमले चीनको कूल घरेलु उत्पादनमा १.८ प्रतिशतको क्षति पुर्‍याउने आकलन छ ।

सरकारले थप सहायता नीति ल्याउला ?

बेइजिङले घोषणा भइसकेका सहायता कार्यक्रमहरू शीर्घ कार्यन्वयनमा ल्याउन आह्वान गरेको छ । उसले वृद्धिमा सघाउने नीति सकेसम्म छिटो सार्वजनिक गर्ने बताएको छ ।

अप्रिल ६ मा भएको एक बैठकले कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्याटरिङ, खुद्रा, पर्यटन र उड्यन व्यवसायले दोस्रो चौमासमा कर्मचारीलाई दिने पेन्सन योगदान पछिलाई सार्न सक्ने बताएको छ ।

साथै सोही बैठकले साना तथा मध्य स्तरका व्यवसायले चाहेमा रोजगारी कटौती गर्ने अनुमति पनि दिएको छ । यीबाहेक बैंकहरूको सहुलियत कर्जालगायत अन्य सम्भावित कदमबारे बहस भइरहेको अधिकारीले बताए।

साउथ चाइना मनिङ पोष्टबाट

  • ओमिक्रोन
  • डलर
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.