काठमाडौँ । बाघले बेपत्ता बनाएको वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका २ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट वृद्धलाई बाघले बेपत्ता बनाएको हो ।
Advertisement
घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको प्रहरीले जनाएको छ । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो ।
बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव आज दिउँसो भेटिएको हो ।