काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
शङ्खरापुर नगरपालिका १ नाङ्लेबजारमा बा ४ ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका ७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।
टिपर सडकबाट सय मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।