चितवन । जिल्लाको कुमरोजका एक पुरूषलाई बाघले बेपत्ता बनाएको छ । खैरहनी नगरपालिका १२ स्थित कुमरोजका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
Advertisement
बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले खोजी कार्य शुरु गरेको छ ।
धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी वनमा घाँस काट्न गएका थिए ।