काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनसहित ट्याक्सीको भाडा बढाएको छ । बागमती प्रदेश सरकारले सूचना जारी गर्दै भाडादर बढाएको हो ।
Advertisement
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णयअनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा आगामी नयाँ वर्षदेखि लागु हुने मन्त्रालयले जनाएको छ ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ ।
यस्तै, ट्याक्सीको प्रति दुई सय मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।

