काठमाडौँ । पाटा नेपाल च्याप्टरको निर्वाचन स्थगित हुने भएको छ । सिमित व्यक्तिको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएको भन्दै पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे कानुनी उपचारमा गएका थिए ।
Advertisement
प्यासिफिक एशिया ट्राभल एसोशियसनअन्तर्गतको ‘पाटा नेपाल च्याप्टर’मा पछिल्लो समय विवादमा मुछिदै आएको थियो ।
निर्वाचन कार्यक्रम स्थगनका लागि १६ चैतमा जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराइसकेको पूर्व अध्यक्ष पाण्डेले जनाएका थिए ।