काठमाडौँ । नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिंह तामाङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
Advertisement
शुक्रबार बिहान कांग्रेस पूर्व सभापति तामाङसहित दर्जनौँ नेता तथा कार्यकता माओवादी प्रवेश गरेका हुन् । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराएका हुन् ।
स्थानीय तहको निवार्चन नजिएसँगै एक पार्टीका नेता कार्यकता अर्को पार्टीमा प्रवेश गरिरहेका छन् ।