काठमाडौं- पर्वत कुश्मा नगरपालिका-१२ ठूलीपोखरी बस्ने ८० वर्षीया बसुन्धरा बगाले सोही ठाउँस्थित एकोहोरे जंगलको भिरमुनी सोमबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबार घरबाट हिडेकी उनी घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
गुल्मी ईस्मा गाउँपालिका-५ डाडीपोखरी बस्ने ५५ वर्षीय टोप बहादुर चुदरा सोही गाउँपालिका-२ झर्नास्थित तम्घास सिमलटारी सडक खण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर पुनर्वास नगरपालिका-८ खड्डाघाट बस्ने ६० वर्षीय श्रीराम राना सोही ठाउँस्थित खड्डाघाट नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम इलाम नगरपालिका-१२ निगुरे पुवाखोलास्थित साङरूम्बा दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-९ झाक्री टोल बस्ने ५० वर्षीया मुनिदेवी मगर सोही ठाउँस्थित बारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
कास्की अन्नपूर्ण गाउँपालिका-९ भुरूङ्दी खोलामा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।