काठमाडौं- कपिलवस्तु महाराजगंज नगरपालिका-११ बस्ने ५५ वर्षीय मुरायल कहार सोही नगरपालिका-११ गोल्हईपुरस्थित खेतमा परालको टौवा नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
मोरङ बिराटनगर महानगरपालिका-८ र कटारी गाउँपालिका-२ मा पर्ने सिङ्गिया खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ लाङखोलास्थित थाङाकुना खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।