काठमाडौं- ललितपुरको एक घरमा आगलागी भएको छ । कोबहालस्थित कुम्भेश्वर मन्दिरनजिक सोमबार बिहान कुम्भेश्वरनजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
Advertisement
नगर प्रहरी प्रमुख हाछेथुका अनुसार ग्यास लिक भएर उक्त घरमा आगलागी भएको हो । जनैपूर्णिमाका दिन कुम्श्वेरमा मेला लाग्ने गर्छ । त्यही मेलाका लागि जेरी, स्वारीलगायतका मिठाई बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको उनको भनाइ छ ।
आगलागीको खबर पाउनासाथ ३ दमकल, एउटा ट्यांकर र २५ जना नगर प्रहरी खटाएर तुरुन्तै आगो निभाएको उनले बताए । आगलागीबाट कुनै क्षति भएको छैन ।