काठमाडौं- बागमती प्रदेश सरकारले भदौ ४ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Advertisement
शुक्रवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ।
साथै मन्त्रालयगत रूपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिए।