काभ्रेपलाञ्चोक– सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको छ।
Advertisement
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आजविहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो।
प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए। साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो।
उक्त राजमार्गको जिरोकिलो-दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो।