म्याग्दी- अन्नपूर्ण गाउँपालिका-७ हिस्थानमा रोकी राखेको ग.१ ज ७९४५ नम्बरको बलेरो जिप अचानक पछाडि ब्याक हुन गई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-७ हिस्थान बस्ने ६४ वर्षीय भिम बहादुर पुनको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।