• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

‘बोरा’माथि बहस


शनिबार, साउन २६, २०८१ मा प्रकाशित

गण्डकी– पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी आज पोखरेली पाठकमाझ प्रस्तुत भए। आफ्नो उपन्यास कृति ‘बोरा’माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाए।

Advertisement

र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रममा लेखक भण्डारीले भने, “यो सत्य घटनामा आधारित हाम्रो समाजको प्रतिनिधि कथा हो, विस्तृत खोज अनुसन्धानपछि उपन्यास लेखेको हुँ।” आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पर्गेल्न सहज भएको अनुभव उनले सुनाए।

सामाजिक विकृति तथा विसङ्गित न्यूनीकरणमा उपन्यासले सघाउने उनको विश्वास छ। सन्तानबाट अपहेलित भएर बोरामा फालिनुपरेकी आमाको यथार्थ घटनाबाट ‘बोरा’ उपन्यास जन्मिएको लेखक भण्डारीले बताए। बसहकर्ता उपप्राध्यापक राजिन पनेरुले केही त्रुटी र सीमाका बावजुत भण्डारीको उपन्यास सरल, सहज र बोधगम्य रहेको बताए। उनले आमाप्रति श्रद्धा गर्ने प्रत्येक सन्तानले पढ्नै पर्ने उपन्यासका रुपमा ‘बोरा’लाई चिनाए।

“उपन्यासले सृष्टिकी आदिम शक्ति आमाको महिमा संसारमै उच्च र प्रशंसनीय हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ”, समालोचक पनेरुले भने। उपन्यासले सामाजिक एवं आदर्शोन्मुख यथार्थवादी धारालाई पछ्याएको उनको भनाइ छ। काव्यात्मक र सूक्तिमय संवादले उपन्यासलाई पठनीय र मननीय बनाएको उनले बताए।

उपन्यासको कथावस्तु राणाकालीन अवशेष, पञ्चायतकाल हुँदै बहुदलीय व्यवस्थापछिका शृङ्खलामा बद्ध रहेको उनको भनाइ छ। प्रस्तुत घटनासन्दर्भले सामन्ती व्यवस्था नारीमाथिको शोषण तथा दृष्टिकोण र सामाजिक न्यायबारे चर्चा गरेको समालोचक पनेरुले उल्लेख गरे। उनले उपन्यासका केही घटना र सन्दर्भ अतिशयोक्तिपूर्ण लागेपनि कुशल नाटकीय तारतम्यले त्यसलाई बिर्साइदिने बताए।

अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहेका भण्डारीको उक्त उपन्यास कृति गत चैतमा सार्वजनिक भएको थियो। ‘बोरा’ उनको दोस्रो उपन्यास हो। यसअघि उनले ‘मलाया एक्प्रेस’ उपन्यास लेखेका थिए। कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरुले जिज्ञास तथा सुझाव राखेका थिए।

पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँडेका थिए। र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले उपन्यासमाथि बौद्धिक मन्थन र विमर्श भएको बताए। सोसाइटीले नियमित रुपमा कवि, लेखकहरुका कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको उनले बताए।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.