• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


    Avatar photo
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

काठमाडौं- कपिलवस्तु मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

डडेल्धुरा अमरगढी नगरपालिका-५ बागबजार पिपलबोटस्थित सडकमा डडेल्धुराबाट गौली गाउँतर्फ जाँदै गरेको सु.प.प्र.०४ ००१ च ०१३४ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार गन्यापधुरा गाउँपालिका-३ बस्ने ४५ वर्षीय कृष्ण भुलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके राप्तिसोनारी गाउँपालिका-९ झिझिरी खोलास्थित सडकमा कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञानकुञ्ज ईङलिस मिडियम बोडिङ स्कुल चप्परगौडीको ना.४ ख ४५७० नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तिसोनारी गाउँपालिका-९ खैरी बस्ने २६ वर्षीय गोबिन्द वलीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिराहा लहान नगरपालिका-१२ भोटिया चोकस्थित सडकमा ना.१ क २०१० नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय बद्री विकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । उक्त सडकमा बा.७२ प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडिरहेको अवस्थामा बद्री र उनको भाइ ईश्वर विकले मोटरसाइकल चालकलाई उठाउने क्रममा ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र ईश्वरको बिराट नर्सिङ होम बिराटनगर मोरङमा उपचार भइरहेको छ । साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

सिन्धुली सुनकोशी गाउँपालिका-१ बलुवास्थित सडकमा प्रदेश २-०२-००१ च ०४८७ नम्बरको बोलेरो र प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही चक्रघट्टा गाउँपालिका-२ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.