बराहक्षेत्र-चाँदीको सामान चोरी गरी फरार रहेको मानिसलाई बराह क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर उपमहानगरपालिकाको मङ्गलबजार स्थित रहेको लक्ष्मण संकरको चाँदीको पसलमा केही समय अघिदेखि काम गर्दै आएका बराहक्षेत्र वडा नम्बर १ गौरीगाउँ स्थित बस्ने २६ बर्षीय प्रबिन राईले उक्त पसलबाट चाँदी र चाँदीबाट बनेका बर्तन (४ के.जी १८७.२६ ग्राम) चोरी गरी फरार भएका थिए ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चक्रधटीका प्रहरी निरिक्षक बिकास राई तथा इलाका प्रहरी कार्यालय चतराको बरिष्ठ सई मुना डागिको सयुक्त टोलीले प्रबिन राईले चोरी गरि ल्याएर आफनो घर भित्र लुकाई छिपाई राखेको अवस्थामा चाँदी र चाँदीबाट बनेका बर्तन सहित राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय चक्रधटीका प्रमुख प्रहरी निरिक्षक बिकास राईले जानकारी दिए ।
बरामत गरिएको चाँदी र प्रविनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।