काठमाडौँ । म्यादी प्रहरीमा भर्ना हुन कम तौल भएपछि पाइन्टको गोजीमा एक किलो ढक राखेर तौल जोख्ने एक युवा पक्राउ परेका छन् ।
Advertisement
भर्नामा छनोट हुन कपिलवस्तुका ती युवाले पटकपटक खाना खाएका थिए । यस्तै, एक किलो ढक, मोबाइलसमेत उनको साथबाट फेला परेको थियो ।
उनको शरीरमा खानतलासी गर्दा ढक र मोबाइलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्याउन उनले यस्तो गरेको बताएको छ ।
जिल्लामा १९२९ म्यादी प्रहरीका लागि ६९०० ले आवेदन दिएका छन् ।