कैलाली– सुदूरपश्चिम सरकारले आज कर संकलन गर्न अध्यादेश ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ ल्याउन लागेको हो ।
Advertisement
आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले अध्यादेश आज मन्त्रिपरिषदको बैठकमा पेश हुने बताए । तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शुन्यताको अवस्था आएको छ ।
प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरु राखिएका छन ।