• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : राइट ब्रदर्सद्वारा फ्लाइङ मेसिनको पहिलो प्रदर्शन


    Avatar photo
बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

काठमाडौं- आज ८ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९८८- म्यानमारमा ‘८८८ विद्रोह’

सन् १९८८ मा आजकै दिन म्यानमारमा ‘८८८ अपराइजिङ’ शुरु भएको थियो। राजधानी याङगुनमा लोकतन्त्र समर्थक विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। जनरल ने विनको सैन्य शासनविरुद्ध उक्त विद्रोह भएको थियो। करिब एक महिना विरोध प्रदर्शन जारी रह्यो। र, सैनिक सरकारले त्यसमाथि निर्मम दमन गर्‍यो। ८ अगस्ट १९८८ मा शुरु भएकाले त्यसलाई ‘८८८ विद्रोह’ संज्ञा दिइएको थियो।

– सन् १९७४- अमेरिकी राष्‍ट्रपति रिचर्ड निक्सनको राजीनामा

सन् १९७४ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति रिचर्ड निक्सनले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। वाटरगेट काण्डमा मुछिएको पुष्‍टि भएपछि उनले राजीनामा दिएका थिए। उनी अमेरिकाका ३७औं राष्‍ट्रपति थिए। अमेरिकी संसदले उनीविरुद्ध महाभियोग लगायो। र, उनी भ्रष्‍टाचार काण्डमा मुछिएर पदबाट राजीनामा दिने पहिलो अमेरिकी राष्‍ट्रपति बने।

– सन् १९६९- २०औं शताब्दीकै उत्कृष्‍ट फोटो

सन् १९६९ मा आजकै दिन फोटोग्राफर इयान म्याकमिलनले सांगीतिक ब्यान्ड बिटल्सको आइकोनिक तस्बिर खिचेका थिए। उक्त तस्बिरलाई २०औं शताब्दीकै उत्कृष्‍ट फोटो मानिएको थियो। उक्त तस्बिर बेलायतको राजधानी लन्डनको एबी रोडमा खिचिएको थियो। र, तस्बिरमा ब्यान्डका सबै सदस्य जेब्रा क्रसबाट सडक पार गर्दै गरेको देख्‍न सकिन्छ। बिटल्स ब्यान्डले उक्त तस्बिर आफ्नो ११औं एल्बममा प्रयोग गरेको थियो।

– सन् १९६७- आसियानको स्थापना

दक्षिणपूर्वी एसियाली राष्‍ट्रहरूको संगठन आसियान आजकै दिन स्थापना भएको हो। यो एक आर्थिक तथा राजनीतिक संगठन हो। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डका राष्‍ट्र/सरकार प्रमुखहरूले बैंकक घोषणा पत्रमा हस्ताक्षर गर्दै उक्त संगठन स्थापना गरेका थिए। संगठनको उद्देश्य क्षेत्रीय शान्ति तथा स्थिरतालाई बढावा दिनु तथा क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहित गर्नु हो। अहिले आसियानमा १० वटा मुलुक सदस्य छन्।

– सन् १९०८- राइट ब्रदर्सद्वारा फ्लाइङ मेसिनको पहिलो प्रदर्शन

सन् १९०८ मा आजकै दिन राइट दाजुभाइले आफ्नो फ्लाइन मेसिन पहिलोपटक सार्वजनिक प्रदर्शन गरेका थिए। मानव हवाई उडानका यी दुई पायोनियरले सन् १९०३ मा पहिलो सफल उडान गरेका थिए। र, त्यसको ५ वर्षपछि आफूले विकास गरेको फ्लाइङ मेसिन सार्वजनिक गरेका थिए। फ्रान्सको ‘ले म्यान्स’को रेसकोर्समा उनीहरूले पहिलोपटक उक्त मेसिन सार्वजनिक गरेका हुन्। विल्भर राइटले गरेको उक्त उडान १ मिनट ४५ सेकेन्डको थियो।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.