काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देश दौडाहमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाने भएका छन् ।
Advertisement
सदरमुकाम दिक्तेलमा हुने एक कार्यक्रमलाई सम्बोधन गर्न उनी खोटाङ जाने भएका हुन् । यस क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने नेता तथा कार्यक्रतालाई पार्टी प्रवेश गराउने भएका छन् ।
उनी गत शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका तीन जिल्लाहरूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए ।