काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी २० शृङ्खलाअन्तर्गत आज नेपालले मलेसियासँग खेल्दै छ । यसअघिका खेलमा लगातार जित निकाल्दै फाइनल पुगिसकेको नेपालले आज मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्य छ ।
Advertisement
नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी)लाई १५ रन र ३७ रनले पराजित गरेको थियो । यस्तै, मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।
मलेसियालाई भने फाइनल पुग्न आजको खेलमा नेपाललाई हराउनै पर्ने दबाब छ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबारको खेलमा पीएनजीसँग नै ८ विकेटले पराजित भएको थियो ।
आजको खेलमा नेपाल पराजित भए पीएनजीलाई फाइनल सहज हुने छ । आजको खेल मलेसियालाई मात्र नभई पीएनजीका लागि समेत महत्वपूर्ण बन्नेछ ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अ