काठमाडौं- परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन जाने भएकी छन् । उनी बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन ओमन जाने भएकी हुन् ।
Advertisement
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेकी मन्त्रालयले जनाएको छ । उनी यही साउन २५ गते स्वदेश फर्कने छिन् ।