काठमाडौं- तीन वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
Advertisement
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरे अनुसार नियुक्त भएका छन् ।
यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
