• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

नेपालमा अपराध, फन्दामा विदेशी !


बुधबार, साउन १६, २०८१ मा प्रकाशित

काठमाडौं- ९ असारमा कतार एयरवेजको उडानद्वारा नेपाल आएका तान्जानियाका ४६ वर्षीय रामादानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पसुआ ठमेलबाट पक्राउ परे।

Advertisement

विभिन्‍न मुलुक हुँदै नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गरिरहेका उनीहरू उपत्यका लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीको निगरानीमा थिए। ९ असार ठमेलको एक होटलबाट अवैध लागूऔषध कोकिनका ७२ क्याप्सुलसहित दुवै पक्राउ परेका थिए।

बरामद भएको क्याप्सुलबाट १ किलो २४७ ग्राम लागूऔषध बरामद भयो। उनीहरूले ती क्याप्सुल इथोपियाको अदिस आबाबाबाट निलेर काठमाडौं आएका थिए। बरामद कोकिनको मूल्य अन्दाजी ४ करोड ३७ लाख रुपैयाँ रहेको ब्युरोको अनुमान छ।

०००

२ असारमा काठमाडौं कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परे। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीबाट १-१ किलोका ६ वटा सुनका बिस्कुट बरामद गरेको थियो।

०००

१९ असारमा अवैध रूपमा विदेशी मुद्रा अन्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट दुईजना अमेरिकी नागरिक पक्राउ परे। इन्डिगो एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोबर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइलाई पक्राउ गरिएको थियो।

अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, ८ हजार ९६६ चिनियाँ युआन र ६० हजार २०० रुपैयाँ बरामद गरिएको थियो।

पछिल्लो समय नेपालमा कुनै न कुनै अपराधमा विदेशी नागरिकको संलग्‍नता बढ्दै गएको छ। खासगरी, लागूऔषध ओसारपसारमा विदेशी नागरिकले नेपाललाई ट्रान्जिट पोइन्टको रूपमा प्रयोग गर्दै आएको जानकारहरू बताउँछन्।

नेपाली कारागारमा विदेशीको घुइँचो

कारागार व्यवस्थापन विभागको गत जेठ मसान्तको तथ्यांकमा १ हजार ३३० विदेशी नागरिक विभिन्‍न अपराधमा नेपालका ५० कारागारमा थुनामा रहेको उल्लेख छ।

विदेशी कैदीमध्ये १ हजार २६७ भारतीय नागरिक छन्। बाँकी ६३ मध्ये ४३ जना भुटानी छन्। ४३ मध्ये ६ जना झापा, २८ जना धनकुटा, ३ जना झुम्का, ५ जना सोलुखुम्बु र एक जना खोटाङ कारागारमा कैदी जीवन बिताइरहेका छन्।

यस्तै, ३ बंगलादेशी नागरिकमध्ये २ जना मोरङ र १ जना डिल्लीबजार कारागारमा छन्। १ जाम्बियन नागरिक रामेछाप, १ अमेरिकी कास्की र एकजना जर्मन नागरिक पनि कास्की कारागारमा छन्।

दुईजना क्यानेडियन नागरिकमध्ये १ धुलिखेल र १ कास्की कारागारमा छन्। ३ पाकिस्तानी नागरिक पनि कैदमा छन्- १ जना रसुवा र २ जना डिल्लीबजार कारागारमा।

जेठमा मात्र ८ जना चिनियाँ नागरिक विभिन्‍न अपराधमा पक्राउ परेका छन्। तीमध्ये २ सिन्धुली र ६ जना डिल्लीबजार कारागारमा छन्। डिल्लीबजार कारागारमै १ जना सर्बियन नागरिक पनि कैदमा छन्।

कारागार व्यवस्थापन विभागको ०८० वैशाखदेखि ०८१ वैशाखसम्मको तथ्यांक केलाउँदा उक्त १३ महिनामा नेपालका विभिन्‍न कारागारमा कैद भएका विदेशी नागरिको संख्या १५ हजार ७७९ जना पुगेको छ। तीमध्ये ठूलो संख्यालाई अध्यागमन विभागले आफ्नै मुलुक फर्काइसकेको छ। सन् २०२२ मा मात्र अध्यागमन विभागले ५७० विदेशी नागरिकलाई आफ्नै देश फर्काएको थियो।

वैशाख ०८० मा १३६८, जेठमा १३४७, असारमा ६, साउनमा १४११, भदौमा १३९५, असोजमा १३९७, कात्तिकमा १३९६, मंसिरमा १३९२, पुसमा १४१२, माघमा १४०५, फागुनमा १३८४, चैत्रमा १४१२ र ०८१ को वैशाखमा १४५२ जना विदेशी नागरिक कैद भएका थिए।

विभिन्‍न किसिमका अपराधमा पक्राउ परेका विदेशी नागरिकमा पनि सबैभन्दा बढी भारतीय रहेको एक वर्षको तथ्यांकले देखाउँछ। भारतपछि भुटानी र चिनियाँ नागरिक बढी कैद भएका छन्।

सामान्यतया जुन देश अनि जुन क्षेत्रमा अपराध भएको त्यही देश र क्षेत्रमा त्यसमा संलग्‍न व्यक्तिले सजाय काट्नुपर्ने कानूनी व्यवस्था छ। तर, विभिन्‍न अपराधमा पक्राउ परेका सबै विदेशी नागरिकले नेपालकै कारागारमा सजाय भोग्‍ने गर्छन् भन्‍ने छैन। नेपालमा पक्राउ परी कैद गरिएका विदेशी नागरिकमध्ये केहीलाई नेपालबाट निष्‍कासित गरिने गरेको अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला बताउँछन्।

विभागले अध्यागमन ऐन २०४९ र नियमावलीबमोजिम कानूनविपरीत काम गर्ने कतिपय विदेशी नागरिकलाई निष्‍कासन गर्ने गरेको उनको भनाइ छ। त्यसका लागि विभागबाट अपराधमा संलग्‍न विदेशी नागरिकको फाइल गृह मन्त्रालय पठाइन्छ। मन्त्रालयको निर्णयअनुसार विभागले अपराधमा पक्राउ परेका विदेशी नागरिकलाई निष्‍कासन गर्ने निर्णय लिन्छ।

‘विभागबाट निष्‍कासन गरेका विदेशीको संख्या सन् २०२२ मा ५७० र २०२३ मा ४५८ थियो,’ भन्छन्, ‘हामीले विभिन्‍न अपराधमा संलग्‍न विदेशी नागरिकलाई निष्‍कासन गर्दै आएका छौं। तर, हरेक वर्ष ओभरस्टे गरेर निष्‍कासन गरिने विदेशी नागरिकको संख्या बढी छ।’ ओभरस्टे भनेको भिसा अवधिभन्दा बढी नेपाल बस्‍नुलाई बुझिन्छ।

अध्यागमन ऐनअनुसार पर्यटक भिसामा नेपाल भित्रिने विदेशीहरूले एक वर्षमा १५० दिन बस्‍न पाउँछन्। तर, १५० दिनभन्दा बढी बसेका मानिसलाई ओभरस्टे भनिन्छ। र, त्यस्तो व्यक्तिलाई विभागले अनुसन्धानको दायरामा ल्याई निष्‍कासन गर्ने गरेको छ। त्यति मात्रै होइन, अन्य किसिमका अपराध, घटना वा उद्देश्यविपरीत भिसा लिएर काम गरेका विदेशी नागरिकलाई पनि अध्यागमन विभागले निष्‍कासन गर्ने गरेको उनी बताउँछन्।

सन् २०२२ मा नक्कली भिसा बनाएर अन्य देश जान खोजिरहेका व्यक्तिहरूलाई पनि विभागद्वारा जुन देशको नागरिक हुन्, सोही देशमा निष्‍कासन गरेको थियो। विदेशी मुद्राको तस्करी, लागूऔषध ओसारपसार, राजस्व चुहावटमा संलग्‍न, मानव बेचविखन, अपहरणलगायत अपराधमा संलग्‍न विदेशीलाई निष्‍कासन गरिएको छ।

महानिर्देशक निरौलाका अनुसार अपराधमा संलग्‍न विदेशी नागरिकको निष्‍कासन अध्यागमन विभागमार्फत मात्र हुँदैन। सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी, मुद्दा हेरिरहेका जिल्ला प्रशासन कार्यलयहरूले पनि विदेशी नागरिकलाई निष्‍कासन गर्छन्। यस्तै, वनसँग सम्बन्धित मुद्दा भए वन तथा राष्‍ट्रिय निकुञ्‍जले मुद्दा चलाएर सजाय तोक्छन्। र, सम्बन्धित निकायको सिफारिसमा अध्यागमन विभागले निष्‍कासन गर्छ।

‘कहिलेकाहीं प्रहरीले अपरेसन चलाएका सुन तस्करीलगायत विभिन्‍न काण्डमा संलग्‍न विदेशी नागरिकलाई पनि हामीले निष्‍कासन गर्ने गरेका छौं,’ भन्छन्, ‘सामान्यतया हरेक वर्ष विभागबाट ५ सयदेखि १ हजारको संख्यामा विदेशी नागरिकहरू निष्‍कासनमा पर्छन्।’

जस्तो- सन् २०२४ को जनवरीदेखि हालसम्म २०४ जना विदेशी नागरिक विभिन्‍न अपराधको कसुरमा अध्यागमन विभागद्वारा निष्‍कासन भइसकेका छन्। अपराधको प्रकृति हेरी निष्‍कासन गरिएका व्यक्तिलाई सामान्यता १ देखि ५ वर्षसम्म नेपाल आउन नपाउने गरी निष्‍कासन गरिने गरिएको महानिर्देशक निरौला बताउँछन्। निष्‍कासन गरिएका व्यक्तिको विवरण अध्यागमन विभागको विद्युतीय प्रणालीमा देखिन्छ। यदि कसैले निष्‍कासन गरिएको समयावधिभन्दा अघि नै आउने प्रयास गरे भने आउन नदिने व्यवस्था छ।

दुई वर्षमा हजार बढी विदेशी निष्‍कासन

अध्यागमन विभागको तथ्यांकअनुसार दुई वर्षमा विभिन्‍न अपराधमा पक्राउ परेका १०२८ जना विदेशीलाई निष्‍कासन गरिएको छ। सन् २०२२ मा ५७० जनालाई निष्‍कासन गरिएको थियो। तीमध्ये सबैभन्दा बढी ५३६ जना ओभरस्टे बसेका थिए। दोस्रोमा ११ जना नक्कली पासपोर्टको अपराधमा निष्‍कासन भएका थिए।

यस्तै, क्रमशः ५ जना लागूपदार्थ दुर्व्यसनी, ४ जना नक्कली मुद्रा, ३ जना हत्याको प्रयास, ३ जना राजस्व चुहावट, २ जना बैंकिङ कसुर, २ जना ठगी र १-१ जना मानव बेचविखन तथा धोखाधडी, अपहरण, मनी लाउन्ड्रिङ, संगठित अपराध, यौन अपराध र शंकास्पद व्यवहारका कारण निष्‍कासन भएका थिए।

सन् २०२२ मा विभिन्‍न अपराधमा पक्राउ पर्ने विदेशी नागरिकमध्ये सबैभन्दा बढी १९१ जना चिनियाँ थिए। दोस्रोमा अमेरिकी ४८, तेस्रोमा बेलायती ३७, चौथोमा फ्रान्सेली १९, पाकिस्तानी १८, दक्षिण कोरियाली १८ र क्यानेडियन १७ जना थिए।

यस्तै, १६ जना श्रीलंकन, १६ जना उज्बेकिस्तानी, १३ जना बंगलादेशी, १२-१२ जना अफ्गानी, जर्मन, रुसी, अस्ट्रेलियन १० र अन्य १३१ जना निष्‍कासित भएका थिए।

यस्तै, सन् २०२३ मा विभिन्‍न अपराधमा पक्राउ परेका ४५८ विदेशी नागरिक निष्‍कासनका परेका थिए। तीमध्ये सबैभन्दा बढी ४१२ जना ओभरस्टे, १० जना लागूऔषध ओसारपसार, १० जना नक्कली मुद्रा ओसारपसार, ६ जना संगठित अपराध, ५ जना नक्कली पासपोर्ट, ५ जना यौन अपराध, ४ जना ठगी, २ जना राजस्व चुहावट तथा १-१ जना अपहरण, दुर्व्यवहार, बहुविवाह, शंकास्पद व्यवहारमा निष्‍कासित भएका थिए।

त्यस वर्ष पनि विभिन्‍न अपराधमा पक्राउ परेकामध्ये २०९ जना चिनियाँ, ३७ अमेरिकी, १९ बंगलादेशी, १९ उज्बेक, १८ बेलायती, ११ श्रीलंकन, १० पाकिस्तानी, १० सुडानेली, ९ जना अफ्गानी, ८ जना जर्मेन, ७-७ जना क्यानाडा, दक्षिण कोरियाली र अन्य ९४ जना निष्‍कासन भएका थिए।

अपराधमा बढ्दै विदेशी

नेपालमा हुने अपराधमा विगतदेखि नै विदेशी नागरिकको संलग्‍नता देखिने गरेको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। विगतमा विदेशी नागरिकहरू लागूऔषध अपराधमा बढी संलग्‍न देखिन्थे।

उनका अनुसार विगतमा लागूऔषध चरेस ओसारपसारमा पोल्यान्ड र हेरोइनमा नाइजेरियाका नागरिक पक्राउ पर्थे। अहिले नेपालमा हेरोइन खासै भित्रिँदैन, कोकिन भने धेरै परिमाणमा भित्रिइरहेको छ। त्यसमा अफ्रिकी, अमेरिकीहरूको संलग्‍नता बढी देखिने गरेको छ।

विगतमा विदेशी मुद्राको अवैध ओसारपसारमा पनि विदेशी नागरिकको संलग्‍नता धेरै देखिन्थ्यो। विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट विदेशी नागरिक पक्राउ पर्थे। यस्तै, भिसा अवधिभन्दा बढी नेपाल बस्दै आएका केसहरू केही वर्षयता मौलाइरहेको उनी बताउँछन्।

अहिले प्रविधिको विकाससँगै अपराध गर्ने तरिकामा पनि फरकपन आएको छ। प्रविधिसँग जोडिएका अपराधहरू बैंकिङ कसुर, अनलाइन ठगीमा विदेशी नागरिकको संलग्‍नता बढी देखिन थालेको छ। प्रविधिको प्रयोग गरी अपराधमा संलग्‍न कति व्यक्ति अनुसन्धानको दायरामा आउँछन् त कतिलाई अनुसन्धानको दायरमा ल्याउन प्रहरीका लागि चुनौती रहेको पूर्व डीआईजी मल्लको भनाइ छ।

‘लागूऔषधको हकमा अहिले पनि विदेशी नागरिकको संलग्‍नता त्यतिकै देखिन्छ,’ भन्छन्, ‘तर, पहिले नेपालबाट लागूऔषध लिएर बाहिरिने क्रममा विदेशी नागरिक पक्राउ पर्थे भने अहिले उताबाट नेपाल ल्याउने क्रममा समातिन्छन्।’

अहिले खासै नसुनिने आतंककारी गतिविधिमा जोडिएका भारतीय अपराधीहरूको प्रभाव पनि विगतमा धेरै देखिन्थ्यो। आतंककारी क्रियाकलापमा संलग्‍न भएका ती अपराधीहरू नेपाल आएर लुक्ने गर्थे। जुन अहिले खासै देख्‍न र सुन्‍न नपाइने उनी बताउँछन्।

०००

८-९ वर्षअघि नेपालमा लागूऔषध, वन्यजन्तुको अंग तस्करीमा विदेशी नागरिकको धेरै संलग्‍नता देखिएको पूर्व डीआईजी केशबहादुर शाही बताउँछन्। उनका अनुसार त्यो समयमा वन्यजन्तुको अंग तस्करीसँगै बैंकिङ कसुरमा चिनियाँ नागरिक पनि पक्राउ पर्न थालेका थिए। सन् २०१२-०१३ मा सीआईबी प्रमुख छँदा चिनियाँ नागरिक बैंकिङ कसुरमा समातिन थालेको उनले देखेका थिए। भन्छन्, ‘बैंकिङ कसुरमा त्यति नै संलग्‍नता रहेका चिनियाँ नागरिक त्यो समयमा धेरै एक्सपोज भइसकेका थिएनन्।’

त्यतिबेला चीनबाट भारत पठाउने अवैध सामान गोरखा र धादिङका जटिल भूगोलबाट तस्करहरूले ओसार्ने गरेको पाइन्थ्यो। त्यसमा चिनियाँ नागरिक नै बढी संलग्‍न देखिन्थे।

यस्तै, नाइजेरियाका नागरिकहरू लागूऔषध र ठगीमा अपराधमा पक्राउ पर्थे। बैंकिङ कसुर र वन्यजन्तुका अंगको ओसारपसारमा संगठित समूह नै देखिने गरेको पूर्व डीआईजी शाही बताउँछन्।

अहिले बढीजसो लागूऔषधको अवैध ओसारपसारमा विदेशी नागरिकको संलग्‍नता देखिन थालेको उनी बताउँछन्। यस्तै, विभिन्‍न देश हुँदै लागूऔषधलाई प्लास्टिकको खोलभित्र स-साना क्याप्सुल बनाएर खाएर आउने ट्रेन्ड बढेको उनको भनाइ छ। साथै, पछिल्लो समय  सुन तस्करी पनि मौलाएको छ, जसमा भारतिय, नेपाली अनि चिनियाँ नागरिकको संलग्‍नता देखिने गरेको उनी बताउँछन्।

‘विभिन्‍न अपराधमा पक्राउ परेका विदेशी नागरिकलाई सामान्यतया धरौटीमा छाड्न मिल्दैन। धरौटीमा छाड्नुपर्ने अवस्था आएमा पनि नेपाली नागरिकभन्दा दोब्बर धरौटी तोकिन्छ,’ शाही भन्छन्, ‘अपराध भएको स्थान जहाँ हो, त्यहीं नेपाली नागरिकसरह विदेशीले पनि सयाज काट्नुपर्ने कानूनी व्यवस्था छ।’

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.