काठमाडौँ । सर्लाहीको लाबन्दीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
Advertisement
पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका १७ मा भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५३७ नम्बरको कार दुर्घटना भएको हो ।
घटनामा कारका चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी २, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका यादवलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको हो ।
यस्तै, घाइते हुनेहरूमा भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी २, का अतुल कुमार, दिव्यान्स यादव, प्रिन्सराज राजपुत, सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव रहेका छन् ।
उनीहरूको लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण कार दुर्घटना भएको हो ।