विराटनगर- नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।
Advertisement
केन्द्रीय सत्तासमीकरण फेरिए पनि माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन् ।
यस्तै, माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ । भागबण्डाका लागि आजै कांग्रेस र एमालेका नेताहरुको बैठक बस्दैछ ।