काठमाडौँ । नेपालमा भारतको विहार आसपासको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ ।
Advertisement
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति केही प्रदेशका पहाडी भागमा पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने छ ।