काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौला मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । कायम मुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement
उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् । गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।